पोखराका पत्रकारलाई डिजिटल साक्षरता तालिम

पोखरा

पोखराका पत्रकारहरुको लागि  डिजिटल साक्षरता तालिम सुरु भएको नेपाल पत्रकार महासंघ कास्कीको आयोजना पोखरा महानगर पालिकाको सहयोगमा पत्रकार महासंघको सभाहलमा भईरहेको दिने डिजिटल साक्षरता तालिम डिजिटल राईट्स नेपालका संयोजक तथा अधिवक्ता सन्तोष सिग्देल मुख्य प्रशिक्षक रहेका छन उक्त  डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता बिषयमा पत्रकारिताको क्षेत्रमा बढि प्रयोग हुने ब्यावहारिक ज्ञान सूचनाका विषयमा प्रशिक्षण भैरहेको

 

उक्त तालिम कार्यक्रमको उद्घाटन  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली मगरले गरेका थिए उनले पत्रकारिता पेशा प्रतिको लगनशिलताले सफलता मिल्ने उनले उल्लेख गर्दै पत्रकारितामा पनि ब्ल्याकमेल हुँदा सो क्षेत्रमा नकरात्मक प्रभाव परिरहेको उनले बताए

 कार्यक्रमको शुरुवातीमा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम समय सापेक्ष भएको बताउदै उनले कास्कीका पत्रकारहरुलाई सो सम्बन्धि तालिमको आवश्यकता ठानेर नै तालिमको आयोजना गरिएको तालिमले कास्कीका पत्रकारहरुको डिजिटल सक्षमता बढाउन मदत पुग्ने विश्वास ब्यक्त गरिन

 

पत्रकारलाई अनलाइन फ्रिडम स्पेसका बारेमा जानकारी हुनुपर्ने बताउदै प्रशिक्षक सिग्देलले डिजिटल साक्षरता पछिल्लो समय महत्वपूर्ण विषय भएको उल्लेख गरे   बिश्व परिवेशमा मिडियाको अवस्था भूमिका एवं डिजिटल लिटेरेसीले पत्रकारलाई सक्षम बनाउन सहयोग पुग्ने विश्वास उनको

तालिम संयोजक महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले कार्यक्रममा स्वागत गर्दै पत्रकार महासंघ कास्कीले कास्कीका पत्रकारहरुका लागि समय सापेक्षित तालिमहरु गर्दै आएको  बताए पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले सञ्चालन गरेको सो तालिम कार्यक्रममा पोखरा क्षेत्रमा कार्यरत ३० पत्रकारहरुको सहभागिता रहेको