रेलको ढोका बन्द…

उता मधुर धुनमा रेलको ढोका बन्द घन्किरहयो मेरो मम पनि आयो, मेरो दिमागमा नेपालका                युवाको बिदेश पलायन फिल्म नाच्यो, मनमनै म त्यसै मर्माहित बने । किनकी म पनि १३ वर्षको बिदेश बसाईले वाक्क भएर ढुक्कले बाच्न आएको अहिले दिक्क भएर बुरुक्क उफ्रेर लुसुक्क फेरी बिदेश पसौ कि जस्तो भैसकेको छु ।
आज दिउसो भोक लागेर महेन्द्रपुलको आल्मण्ड क्याफे एक्लै छिरे । चिप्लेढुड.गा चौतारी नजिक ब्यस्त शहरको बिचमा रहेको तेश्रो तल्लाको आलमण्ड क्याफे आज भन्दा १५ अगाडी म पटक पटक जाने ठाउ हो । तर यो लामो समय न त मैले आलमण्ड क्याफे नै सम्झे न त उसले मलाई । म त बिदेश तिर लागे तर उसले भने म जस्तै अरु धेरै पायो, म जस्तै बिदेश जानेहरुले पठाएको रेमिटान्स पैसालाई परिवारसदस्यले त्यही लगेर खाजा खाईरहे होलान ।
अव आज कै कुरा गरौ म क्याफे छिर्दा २ टेबुलमा जोडीहरु थिए महिला महिला अर्थात दिदी बैनी वा केही होलान । बाकी सवै टेवल खाली थिए । टिभीमा फुटबल गेम चलिरहेको थियो भने मन्द धुनमा रेलको ढोका बन्द, नसम्झे मायाले सम्झे रुन्छ मन भन्ने प्रिय लोक गित बजिरहेको थियो । त्यही गितको पहिलो बोलमा महिला स्वरमा भनिएको थियो गयौ तिमी छोडेर लाहुर, मै बसुला काटेर घास दाउरा, रेलको ढोका बन्द । ठिक त्यस्तै यो शहरका धेरै युवायुवती बिदेश पसे बाकी त केही कर्मचारी, ब्यापारी र बृद्धबृद्धा अनी म जस्तै बेरोजगारी मात्र छन जस्को त्यो आल्मण्ड क्याफेको मम सधै खाजा खान सक्ने समय र सहजता छैन । मेरो खाजा अडर लिन आउने भाईलाई सोधे यो खाजा खाने समयमा किन यती रित्तो भएको ? उनले स्वभाविक ढंगले जवाफ दिए कोभिड पछी मान्छे खान आउनै डराए कोभिड गयो मान्छे पनि बिदेश गए । यो शहरमा हाम्रो तीन तलामाथीको रेस्टुरामा उक्लेर खाजा खाने मान्छे नै छैन तल सडकको ठेलाले पनि ब्यापार सुकाएको छ । भाईको कुरा सुनेर कता कता चिस्स छोयो । उता मधुर धुनमा रेलको ढोका बन्द घन्किरहयो मेरो मम पनि आयो, मेरो दिमागमा नेपालका युवाको बिदेश पलायन फिल्म नाच्यो, मनमनै म त्यसै मर्माहित बने । किनकी म पनि १३ वर्षको बिदेश बसाईले वाक्क भएर ढुक्कले बाच्न आएको अहिले दिक्क भएर बुरुक्क उफ्रेर लुसुक्क फेरी बिदेश पसौ कि जस्तो भैसकेको छु ।
आज भन्दा २०० वर्ष अगाडी हाम्रो नेपाली सेना अर्थात तत्कालिन गोर्खा सेना र अंगेजहरु बिचको एड.लो नेप्लीज वार १८१४ देखी १६ सम्म चलेको थियो । त्यो नालापानीको युद्ध भनेर हामी चिन्दछौ । त्यही लडाईपछी भएको सुगौली सन्धीबाट हामी नेपालीले आफुले शासन गरेको दुईतिहाई भूभाग गुमाएका थियौ । फेरी त्यही सन्धी हो जसमा हामीले नेपाली युवालाई अंग्रेजका लागि लड्न पठाउनुपर्ने भयो । बास्तवमा नेपालको दरबार र शासन ब्यवस्था अत्यन्त कमजोर अवस्थामा भएको सुगौली सन्धी एक बल मिच्याई थियो जसले आज सम्म पनि नेपालीको लाहुरे सस्कृती र बिदेश पलायनलाई महानता बनाएर देश दुखाईरहेको छ । सन २०२३ को वर्ष भरी त्रिभूवन बिमानस्थलबाट मात्र बिदेश जाने नेपालीहरुको संख्या एकै वर्षमा १६ लाख काट्यो । त्यसमा पनि बैदेशिक रोजगारीमा जाने झण्डै ९ लाख छन भने बिदेश अध्यान भनेर देश छाड्ने र अस्थाई वा स्थाई रुपमा नेपाल त्याग्ने झण्डै २ लाख भन्दा धेरै छन । कठै बिचरा मेरो देशका नवजवान युवा शक्ती बिदेश पलायन मात्र भएका छैनन देश त्याग्दैछन किनकी यि अध्यान र स्थाई वा अस्र्था बसोबासका लागि गएका मध्य झण्डै ९० प्रतिसत उतै बस्ने ब्यवस्था मिलाउन जादैछन । राष्ट्यि जनगणना २०७८ ले जनाए अनुसार बिदेशियका नेपालीको संख्या झण्डै २२ लाख देखाउछ तर यो संख्या उतै अस्थाइ वा स्थाई बसोबास गर्नेको हैन भनेर स्वय जनसंख्या गणना कार्यलय भन्दैछ । अर्थात यो संख्या केवल बैदेशिक रोजगारीमा खाडी, मलेसिया, द कोरिया जानेहरुको मात्र हो ।
बास्तवमा अहिले नेपालको युवा जनशक्तीको आधा भाग अर्थात झण्डै ५० लाख भन्दा धेरै बिदेशियका छन । यो भनेको बालक, बृद्ध र अशक्तको संख्या कटाएर कुल सशक्त जनसंख्याको आधा हो । जुन स्थानमा युवा जनशक्ति नै छैन त्यो ठाउ कि त बृद्धाआश्रम हो कि त बालमन्दीर वा अस्पताल । नेपाल बालमन्दिर भैरहेको छ केही शिक्षक शिक्षिका छन जस्ले देश लुटिरहेका छौ हामी जो युवा नेपाली छौ कि त बृद्ध अशक्त छौ कि त नेपाली नेताको बालापनमा हामी सवै नेपाली नाचिरहेका छौ ।
हिजो यही पोखराको मुटु चिप्लेढुड.गा हो जनआम्दोलनमा लाखौलाख जनताले भरिएको यस स्थानमा देश अव अवस्य अगाढी बढ्ने छ र हामी युवाले देश बनाउने छौ भनेर नारा लगाएर भाषण ठोकेको अहिले पनि स्मरण भैरहन्छ । कठै ति नेता, ति जनता, ति भाषण ति आशा अनी ति नेपालीका भरोशा । आज कहा गए म मेरो टेबुलमा आएको तातो मम फोर्कले फोरेर प्वाक्क खाए, आदरणिय प्रजातन्त्रबादी, अग्रगामी नेताले देश क्वाप्प खाए । मन नमिठो पार्दै रित्तो रेष्टुरेन्टको बिरानो ग्राहक म बिल तिरेर त्यही सडकमा निस्किए । चौतारीमा ठडिएका सालिके नेतालाई पुलुक्क हेर्दैै यिस तिम्रो प्रजातन्त्र भन्दै घर तिर दौडिए ।

[/vc_column_text][/vc_column][/vc_row]