GIF TIGER CUP

स्पेनिस कप प्रतियोगिता कोपा डेल रे मा बार्सिलोनाले संघर्षपूर्ण जित

एजेन्सी – स्पेनिस कप प्रतियोगिता कोपा डेल रे मा ला लिगा टोली बार्सिलोनाले चौथो डिभिजनको टोली बारबास्त्रो विरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको छ । बारबास्त्रोको घरेलु मैदानमा आइतबार भएको खेलमा बार्सिलोनाका लागि फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोस्कीले समान १ गोल गरेका थिए। खेलको अग्रता बार्सिलोनाले १८औं मिनेटमा लिएको थियो ।

बारबास्त्रोको घरेलु मैदानमा आइतबार भएको खेलमा बार्सिलोनाका लागि फर्मिन लोपेज, राफिन्हा रोबर्ट लेवान्डोस्कीले समान गोल गरेका थिए।

खेलको अग्रता बार्सिलोनाले १८औं मिनेटमा लिएको थियो राफिन्हाको क्रसमा बक्स भित्र खाली रहेका फर्मिनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए

GIF TIGER CUP

दोस्रो गोल बार्सिलोनाले ५१औं मिनेटमा गर्न सफल भयो जोआओ फेलिक्सको क्रसमा राफिन्हाले फार पोस्टमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए
६०औं मिनेटमा बारबास्त्रोले खेलमा गोल फर्कायो आड्रिया डे मेसाले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउने कोसिस गरेका थिए

८८औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गर्दै खेलको अन्तिम समय बार्सिलोनाका लागि केही सहज बनाएका थिए जाईमे रेकेसले हातले बल छोएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो

तर इन्ज्युरी समयमा बारबास्त्रोले पनि पेनाल्टी मार्फत एक गोल फर्काउने अवसर पायो फर्मिनले क्रेस्पो माथि फाउल गरेपछि बारबास्त्रोले पेनाल्टी पाएको थियो पेनाल्टीमा मार्क प्राटले गोल गर्दै पुनः आफ्नो टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि थप गोल गर्न नसक्दा टोली बाहिरिएको थियो।

Leave A Reply

Your email address will not be published.