मेरा साथी, समाज र देश बिकास

जव बेलुका हुन्छ वा कुनै अकेजन र स्पोन्सर मिल्छ ।
भेट हुन्छ हालखवर भन्दा खाने पिउने के सोधिन्छ ।
टेबलमा तात्तातो सेकुवा आइपुग्छ अनी रोष्ट बनेर बोइलर हाजिर हुन्छ ।
नानाथरी परिकार बिच युरोपको कोल्याब्रेसनमा बनेको बियर हुन्छ ।
रसियन भोड्का र इटालियन वाइन, हुस्की र रमको जमघट बन्छ ।
चट्ट खोलिन्छ गिलास भरिन्छ उता हुस्कीको प्यालामा आइस राखिन्छ ।
अनी शुरु हुन्छ देश बिकासका गफ अन्तराष्ट्रिय फुटवल र राजनीति ।
देशका नेता र शासन प्रणालीमा बिचार बिमर्श हुन्छ , आआफनो तर्क राखिन्छ ।
बास्तवमा देश बिकास हुन नभएको नेता र राजनीतिले नै हो भन्ने यकिन गरिन्छ ।

उता कुनामा बियरका खाली बोत्तल ढल्दै जान्छन, थुप्रिदै जान्छन ।
हुक्कीको बोत्तल पिध तिर पुग्छ,प्रायोजनमा पाएको पदार्थले पागल बनाउदै लान्छ ।
यता जिब्रो लर्रबराउछ सवै साथीसग बोल्दै गरेको बोली छेउकै सग बोल्न थाल्छ ।

हुदा हुदा उ मात्र आफैसग बोल्दै जान्छ, नत साथी चाहिन्छ न त समाज वा देश ।
बास्तवमा यो देश र समाज बिग्रेको त्यही नेताले हो उ ठोकुवामा पुग्छ ।
बिदेशी रेमिटान्सले युवा बिग्रेर बिदेशिए, नेताले देश बिगार,े टोले स्थानिय नेताले टोल बिगारे

भन्दै मेरी श्रीमतीले मेरो घर बिगारी भन्ने निष्र्कषमा पुग्छ ।
छेवैको साथीले हैन भन्छ, पहिलेको तपाइ संबोधनबाट तत म म झर्छ ।
झगडा पर्छ हात हालाहाल हुन्छ, अलि केही चोटपटक लाग्छ ।
छुट्टाउन प्रायोजक आउछ उसैलाई बचन लगाउछ ।
घर पुग्छ, श्रीमतीसग झगडा गर्छ, छोराछोरी तर्साउछ,

समाज थर्कमान बनाउछ । जव बिहान उठ्छ टाउको दुख्छ वाकवाकी आउछ

अनि सम्झना आउछ बेलुकाको देश बिकास र सुसस्कृत समाजको बैभव ।

फेरी अर्को प्रायोजनको प्रतिक्षामा पर्छ ।

Leave A Reply

Your email address will not be published.