समाजशास्त्री चैतन्य मिश्रसग पोेखरामा अन्तरसम्बाद

समाज चिन्ने शास्त्र नै समाजशास्त्र हो तर नेपालको परिप्रेक्ष्यमा बिश्वबिद्यालय स्तरमा पनि वास्तविक समाज चिन्न सक्ने बिषयबस्तु समेट्न सकिएको छैन । उक्त कुरा नेपालका अग्रणी समाजशास्त्री तथा त्रिभुवन बिश्वबिद्यालयमा समाजशास्त्र बिभागका पहिलो बिभागिय प्रमुख अग्रणी प्राध्यापक डा चैतन्य मिश्रले आज पोखरामा बताएका हुन । उनका अनुसार वास्तवमा समाज एक ब्यक्ति र समुहमा मात्र सिमित नभई जहातही छ । पानी, हावा, नदी, पहाड, ताल र हिमालमा समेत समाज छ र नै समाजशास्त्रीय आखाले हेर्न सकिन्छ । उनले फेवातालको उदाहरण दिदै भने यदी फेवातालमा समाज नभैदिएको भए कित फेवाताल सुकेर त्यहा अर्को शहर बन्थ्यो वा फेवाताल बिसुद्ध तलैया बन्थ्यो । त्यहा समाज भएर नै संरक्षण भएको छ, बाध बाधिएको छ र पर्यटन तथा अन्य बिभिन्न लाखौ मानिसको जिवनधान्ने ब्यावसाय चलेको छ । त्यो तालमा केही न कतै समाजको संलग्नता छ र त्यसको बिकास वा बिनासगर्न समाजको भूमिका रहेको हुन्छ । अर्को प्रसंगमा मिश्रले नेपालमा नया युवालाई चाहिए जती रोजगारी दिन नसकिएकै कारण बिदेश जान बाध्य भएका छन उनीहरुलाई पलायन भन्नु त्यती उपयुक्त हैन । यो त आफ्नो घरको छोरा बिदेश जादा पलायन नहुने अर्को कुनै बिदेश जादा पलायन हुने भैरहेको छ । उक्त कुरा समाजशास्त्री मिश्रले आज पृथ्वीनारायण क्याम्पस पोेखरामा समाजशास्त्रमा स्नातकोत्तर अध्यानरत बिद्यार्थीहरुको एक कार्यक्रममा ब्यक्त गरेका हुन ।
पृथ्वी नारायण क्याम्पस, समाजशास्त्र तथा ग्रामिण बिकास बिभागको सहयोग तथा समन्वयमा हाल सोही कलेजमा समाजशास्त्र स्नातकोक्तर पढ्दै गरेका बिद्यार्थीहरुको नया समुह समाजशास्त्र बिद्यार्थी समाजले कार्यक्रम गरेको थियो । नेपालमा शैक्षिक क्षेत्रको आधारशिला कोर्ने मध्यका एक चैतन्य मिश्रलाई सुन्न बिद्यार्थी तथा क्याम्पसका अध्यापकहरुको उपस्थिती रहेको थियो । समाजशास्त्र बिभागका बिभागिय प्रमुख शिव बहादुर थापाको सभापतित्वमा भएको सो कार्यक्रको दोश्रो प्रश्नोत्तर सेसनमा उपस्थित बिद्यार्थी तथा शिक्षकहरुबाट प्रश्न सोधिएको थियो । समाजशास्त्र बिद्यार्थी समाज तदर्थ समितिका संयोजक घनश्याम पौडेलले स्वागत गरेको सो कार्यक्रम सचिव प्रान्जलले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा बिद्यार्थीको सोही समाजबाट प्रमुख अतिथी चैतन्य मिश्रलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
स्मरण रहोस नेपालको सवैभन्दा ठुलो र जेठो त्रिभुवन बिश्वबिद्यालयमा सन १९८१ देखी समाजशास्त्र तथा मानवशास्त्रको बिभाग खडा गरिएको थियो भने डा चैतन्य मिश्र पहिलो बिभागिय प्रमुख हुन । अमेरिकाबाट समाजशास्त्रमा बिद्यावारिधी गरेर नेपाल फर्की नेपालको शैक्षिक क्षेत्रमा अनवरत कार्यरत मिश्र हाल पनि अध्यापनमा क्रियाशिल रहिरहेका छन । मिश्रले बिभिन्न सामाजिक अनुसन्धान गर्नुको साथै धेरै समाजशात्रीय पाठ्य पुस्तकका लेख, रचना लेख्ने, प्रकाशन गर्ने गर्दछन । उनलाई समाजशास्त्रका पाठ्यपुस्तकमा रहेका बिषयबस्तुको छनोट समितिहरु वा देशकै उच्च स्तरिय शिक्षा सल्लाहकारमा पनि राखिदै आईएको छ । समाजशास्त्रका एक अग्रडी बिद्धान चेतन्य मिश्रको पोखरा आगमनको अवसर पारेर उनीसग बिद्यार्थी शिक्षकहरु समेतले प्रतक्ष आफ्नो जिज्ञासा राख्नकालागि अर्थात सुन्नका लागि यो कार्यक्रम आयोजना गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.