कोटि होम १

प्रेस चौतारी गण्डकीको पाँचौ पूर्ण बैठक पोखरामा सम्पन्न

फागुन १४,पोखरा
ने क पा एमाले सम्बद्ध पत्रकारहरुको संस्था प्रेस चौतारी गण्डकीको पाँचौ पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ ।
ने क पा ९ एमाले ० गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले उद्घाटन गर्दै
ससक्त पार्टीको लागि ससक्त सन्चार आबश्यक भएको बताएका थिए । साथै उनले देशका सवै क्षेत्रबाट जनताले अनुभुती गर्ने गरि काम गर्नु पर्ने भन्दै जनताको दैनिक जनजिबिकाको बिषयलाई सम्बोधन गर्ने बाताबरण मिलाउन पत्रकारिता क्षेत्रबाट पनि लाग्न आग्रह गरे।

Nawa Srijana

ने क पा ९ एमाले ० गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रकाशन तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले पार्टीको निति, कार्यक्रम जनताका बिच लैजाने संचारकर्मीहरू अझै सक्रिय ढंगले लाग्न आग्रह गर्दै बिकृती र बिसङ्गतिको बिरुद्ध निर्धक्कसंग कलम र आवाज मुखरित गर्न आग्रह गरिन।
कार्यक्रममा ने क पा ९ एमाले ० केन्द्रिय प्रचार तथा प्रकाशन बिभाग सदस्य रामकृष्ण ज्ञवाली , प्रेस स्वतन्त्रता सेनानी बद्री बिनोद प्रतीक ,प्रेस चौतारी नेपाल केन्द्रिय कमिटी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज सुश्मा पौडेल,प्रेस चौतारी नेपाल केन्द्रिय लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्साल,प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोग उपाध्यक्ष श्यामनाथ कुबर, प्रेस चौतारी कास्कीका कार्यबाहक अध्यक्ष मोतिसागर अधिकारी , लमजुङ अध्यक्ष कृष्ण आले ,बागलुङ अध्यक्ष सृजना पन्त ,म्याग्दी अध्यक्ष प्रताप बानियाँ ,स्याङ्जा अध्यक्ष सुशील सुबेदी,पर्बतबाट सृजना बराल ,गोर्खा जिल्ला इन्चार्ज किरण लोहनी ,मुस्ताङ इन्चार्ज तिलक बि।क।सहितले मन्तव्य व्यक्त गरेका थिए।
इन्द्र पौडेलको अध्यक्षतामा भएको सो बैठकले संगठन मजबुतिकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णय गरेको थियो भने ।
प्रेस चौतारी गण्डकी उपाध्यक्ष उमाकान्त शर्माले स्वागत र महासचिव आश गुरुङले संचालन गरेका थिए।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.