सुशासन पुरस्कार २०८० गोगन माविलाई

सुशासनका लागि नागरिक समाज(सुनास) कास्कीले सुशासन पुरस्कार २०८० बाट गोगन माध्यामिक बिद्यलय, लेखनाथ, पोखरा ३२लाई सन्मान गरेको छ । बुधवार सोही बिद्यालयमा एक समारोहका बिच उक्त पुरस्कार प्राज्ञ पूर्व उपकुलपती तथा नेपाल ऋषि जगमान गुरुड.को प्रमुख आतिथ्यतामा प्रदान गरिएको थियो । प्रमुख अतिथीको मन्तब्य राख्दै गुरुडले भने बिद्यालय स्तरबाट नै सुशासन के हो र यसको पालना कुनकुन तहमा कसरी गर्ने भन्ने शिक्षा बिद्यार्थीहरुले सिक्दै गएमात्र देशमा सुशासन सम्भव छ । यस्तै गोगन मा बि रहेको स्थान गर्ग ऋषिको तपस्या स्थाल रहेको र राजाको चौतारा नजिकै भएकोले ऐतिहासिक महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेलले देशभरी सामुदायिक बिद्यालयको खस्कदो अवस्था रहेको समयमा यस गोगन मा बिद्यालयले गरेको प्रगती अनुकरणि छ भन्दै कहि कतै बिद्यालयमा भएका अनियमिताका भ्रमहरुलाई पनि यस पुरस्कारले चिर्ने कार्य गर्न पुगेको बताएका थिए । पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले बिद्यालयको भौतिक निमार्ण र बिकासमा स्थानिय निकाय तथा वडाबाट हुनसक्ने सहयोग गरेको बताउदै आफु पनि स्थानिय बासिन्दा भएकोले यो आफ्नै बिद्यालयमा हरसम्भवको प्रगती गराउन लागि परेको बताएका थिए ।
पुरस्कार बितरण अगाडी यस बिद्यालय सुशासन पुरस्कार २०८० पाउन सफल हुुनुको कारण वा छनोटमा पर्ने आधारहरुबारे प्रष्ट पार्दै सुशासनका लागि नागरिक समाज कास्कीको पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार पुण्य पौडेलले बिद्यालयले गरेका प्रशंसनिय कार्यहरुको सुशासनका आधारमा लेखाजोखा गरि उत्कृष्ठ ठहरिएकाले नै यो पुरस्कार गोगन मा बि ले प्राप्त गर्न सफल रहेको बताएका थिए । कार्यक्रमका शुरुवातीमा स्वागत मन्तब्य राख्दै सुनास कास्कीका उपाध्यक्ष सिरोज बिजय कोईरालाले बिद्यार्थी र उपस्थित सम्पुर्णमा सुशासन बास्तबमा के हो र यो समाज अनि बिद्यालय अर्थात बिद्यार्थीको लागि किन कती आवश्यक छ भन्ने बारे सदाचार प्रशिक्षण दिएका थिए ।
भ्रष्ट्रचार बिरुद्धको सहकार्य नारा सहितको सुनास संस्था भ्रष्टचार बिरुद्धको अन्तराष्ट्रिय संस्था ट्रास्परेन्सि ईन्टरनेशनलसग आवद्ध संस्था हो । टिआई मार्फत धेरै पहिले देखी बिभिन्न गतिबिधीमा संलग्न रहेका सक्रिय समाजसेवीहरुद्धारा सञ्चालित यस संस्था २०६५ मा कास्कीमा दर्ता भई हालसम्म सक्रियताका साथ गण्डकी प्रदेशमा कार्यरत छ ।
मिति २०७१ देखी सु शासनका लागि नागरिक समाज (सुनास) कास्कीले संस्थापक सदस्य स्व ई लेखबहादुर गुरुड.द्धारा स्थापित सुशासन पुरस्कार प्रतेक वर्ष कुनै संस्था वा ब्यक्तिलाई सुशासनमा लागेबापत वा उल्लेखनिय कार्य गरेबापत १५ हजार नगद सहित दोसल्ला र प्रमाण पत्र प्रदान गरेस सम्मान गर्दै आएको छ । सुनासका अध्यक्ष रबिन्द्र बास्तोलाको सभापतित्वमा भएको उक्त पुरस्कार बितरण कार्यक्रममा सुनासका सदस्यहरु तथा बिद्यालयका बिद्यार्थीका अभिभावक, शिक्षक र बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । सुशासन पुरस्कार २०८० को उक्त कार्यक्रम सञ्चालन सु शासनका लागि नागरिक समाज (सुनास)का सचिव बिष्ण्ुा प्रसाद अधिकारीले गरेका थिए ।
कक्षा नर्सरी देखी १२ सम्म पढाई हुने सो बिद्यालयमा हाल १६ सय बिद्यार्थी अध्यानरत रहेको बिद्यालय जिल्लाकै उत्कृष सामुदायिक बिद्यालय भित्र पर्ने कुरा प्रधानन्ध्यापक मोहन बरालले बताए ।

Leave A Reply

Your email address will not be published.