newa srijana

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडी अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा बालकको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडी अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा अर्घाखांची जिल्लाको भुमिकास्थान ८ किमडांडा निवासी वर्ष ६ को आरम्भ क्षेत्री नाम गरेका बालकको मृत्यु भएको छ ।

सुपा देउराली माईको दर्शन गरेर फर्किएका प्रतिष्ठानका कर्मचारी बोकेको ग.३ च ४५७४ नम्बरको कार पाणिनि ८ पाली कोलडाँडामा दुर्घटनामा परेको हो। घटनामा परी ७ जना घाइते भएका छन्।

सिटीजन फनिच्रर

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत कार चालक भुमिकास्थान ८ किमडांडाका ३४ वर्षीय इश्वरी क्षेत्री, उनको श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, दुई वर्षीया छोरी इभान्सी क्षेत्री, पोखरा १२ हस्पिटलचोककी ३० वर्षीया सबिता अधिकारी, सोही ठाउँकी ४२ वर्षीया गीता कंडेल, १५ वर्षीय प्रज्ज्वल कंडेल र वर्ष १० का जेशन बस्नेत घाइते भएका छन्।

Mountain run pokhara click

उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। कार बाटोदेखि करिब डेढ सय मिटर तल खसेको बताइएको छ। उक्त कार किन र कसरी दुर्घटना भयो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

Rabin photo