रहेनन प्रकट पगेनी शिव

पोखरेली साहित्यकार तथा गजलकार प्रकट पगेनी शिवको मंगलवार दिउसो ६८ वर्षको उमेरमा असामहिक निधन भएको छ । सोमबार मात्र सिकिस्त बिरामी भएर पोखराको मनिपाल अस्पताल भर्ना भएका प्रकट पगेनी जन्डिस, निमोनिय तथा मुत्रासयको समस्याले बिरामी परेकोले भेन्टिलेटरमा राखि उपचार गराईएको परिवारले जनाएका थिए । प्रकट पगेनीको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन ।
कवी तथा गजलकार प्रकट पगेनी श्रृगारिक रसमा आफ्नो काब्य रचना गर्ने नेपाल कै चर्चित गजलकार हुन । रसिक स्वभाव र श्रृगारिक गजलका गुरु मानिने प्रकट पगेनीका बिभिन्न गीत र गजलका कृति प्रकाशित छन ।
कास्की कै रुपा गाउपालिको देउरालीमा जन्मेका प्रकट एक राम्रो चित्रकार तथा साहित्यकार हुन । काम कै सिलसिलामा कास्कीको अन्नपुर्ण गाउपालिकामा पर्ने तत्कालिन लुम्ले कृषि केन्द्रमा लामो समय कार्यरत रही पछी पोखरा झरेर साहित्य लेखन र शिक्षण पेशा अगालेका प्रकट पगेनी शिव एक राम्रो गीतकार पनि हुन । उनी पोखराको साहित्य क्षेत्रका नक्षत्र तथा अग्रज ब्यक्तित्व हुन ।
साहित्यकार प्रकट पगेनी शिवको शवयात्रा तथा अन्तेष्ठी बुधवार दिउसो १२ बजे मणिपाल अस्पताल नजिकको फुलबारी घाटमा गरिने पारिवारिक श्रोत तथा पोखरेली युवा सास्कृतीक परिवारबाट जानाकारी भएको छ । cover photo by kalakarmi.com

     

Leave A Reply

Your email address will not be published.