सहकारी शेयर सदस्यलाई स्वास्थ्य प्रशिक्षण सम्पन्न

बर्तमान नेपाली समाजको खानपान र चालचलनले ३० देखी ६० वर्ष उमेर समुहका नेपालीलाई मोटोपनले सताईरहेको छ । यसैको कारण नेपाली समाज अझ शहरियाहरुलाई कोलस्टोरेज, सुगर, प्रेसर र थाइराईडको समस्या बढदो छ । यसलाई समयमा नै चिन्न नसके उपचारको खर्च निकै लाग्ने र जिवनभर दुख पाउने निश्चित छ । यो कुरा गत शनिबार एक कार्यक्रममा पाटन अस्पतालका इन्डोक्राइमोनोलोजी तथा मोटाबोलिजम बिशेषज्ञ डाक्टर अमृत रिजालले बताउनुभएको हो । पोखराको कैलाश बचत तथा ऋण सहकारी संस्था लि ले आफ्ना शेयर सदस्यको लागि राखेको स्वास्थ्य प्रशिक्षण कार्यक्रममा डा रिजालले समयमा नै ख्याल नगरे धन र ज्यान समेतको खर्च हुने बताउनुभएको थियो ।
कैलाश सहकारीले आफ्ना शेयर सदस्यको लागि सहकारी शिक्षा, स्वास्थ्य परिक्षण तथा अवलोकन भ्रमण आयोजना गरेर माछापुच्छ्े गाउपालिका ल्वाड.गाउमा कार्यक्रम आयोजना गरेको थियो । कुल १९३ शेयर सदस्य मध्य ८० सदस्यको उपस्थिती रहेको सो स्वास्थ्य प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन काठमाण्डौबाट डाक्टर अमृत रिजाल आउनुभएको थियो भने पोखराको श्रृजनाचोक स्थित इण्डोप्लस वेलनेस सेन्टरका प्रबन्ध निर्देशक तोयानाथ देबकोटाले निशुल्क रक्त परिक्षण र उक्त स्वास्थ्य प्रशिक्षणको लागि डाक्टरको ब्यवस्थापन बारे प्रकाश पार्नुभएको थियो ।
पोखराका फोटो ब्यावसायीहरुको छाता संगठन पोखरा फोटोग्राफर एशोसियसनको अगुवाईमा २०६८ मा खोलिएको फोटोग्राफर सदस्यमात्र रहने कैलाश बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नै पहल र लगानीमा बिगत १० वर्र्ष देखी कैलाश फोटो फ्रेम उद्योग पनि सञ्चालन गरिरहेको छ । कुल ३५ जना कर्मचारीलाई प्रतक्ष रोजगारी र पोखरा क्षेत्र वरपरको फोटो फ्रेम ब्यावसायमा झण्डै ५० क्षेत्र ओगट सफल कैलाश फोटो फ्रेम उद्योग र सहकारी नेपाल कै एक नमूना सहकारी तथा उद्योग हुन ।
गएको शुक्रबार र शनिबार दुई दिन भएको सो सहकारी शिक्षा तथा स्वास्थ्य प्रशिक्षण कार्यक्रममा सहकारी शिक्षा तथा संस्थागत गतिबिधी र वर्तमान सहकारी परिवेश बारेमा पनि चर्चा गरिएको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक घनश्याम पौडेलले सोे समग्र कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो भने संस्थाका पूर्व अध्यक्ष दुर्गा प्रसाद पौडेल, शिवहरि अधिकारी र जिवन ढुड.गाना लगायतले सहकारी बिबिध पक्षबारे आआफ्ना धारणा राखेको थिए । संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रम संस्थाका सचिव बिश्णुहरि अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम पश्चात सहभागीहरु ल्वाड.गाउको शिरमा पर्ने चियाबारी अवलोकन गर्नुको साथै समुदायबाट सञ्चालित होमस्टेको पनि जानाकारी लिएका थिए । Photo Features

Leave A Reply

Your email address will not be published.