सहकारी शेयर सदस्यलाई निशुल्क स्वास्थ्य परिक्षण

कैलाश बचत तथा ऋण सहकारी संस्था लि, पोखराले आफ्ना ९५ शेयर सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । यस सहकारीले विश्व थाइराईड दिवशको अवशर पारेर आफ्ना  शेयर सदस्यको थाइराइड, कोलस्टोरेज र सुगर रोगको परिक्षणको लागि गत शनिवार १ दिने स्वास्थ्य परिक्षण अर्थात रक्त परिक्षण कार्यक्रम राखेको हो ।
कैलाश सहकारी आफ्नो शिक्षा कार्यक्रम अन्तरगत अघिल्लो हप्ता भएको स्वास्थ्य प्रशिक्षण कार्यक्रमको निरन्तरता स्वरुप यस पटक पनि सोही प्रशिक्षणलाई पूर्णता दिन रक्त परिक्षण समेत गरेको हो । गएको हप्ता कास्कीको पर्यटकिय गाउ ल्वाड.मा ७८ जना शेयर सदस्यको उपस्थितीमा स्वास्थ्य प्रशिक्षण कार्यक्रम गरेको थियो । सो कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा पाटन अस्पताल, इन्डोेक्रोमोलोजी तथा मेटापोलिजम बिशेषज्ञ डाक्टर अमृत रिजाल थिए । उक्त निशुल्क स्वास्थ्य प्रशिक्षण तथा रक्त परिक्षण समेतको  ब्यवस्थापकिय जिम्मा श्रृजनाचोक पोखरा स्थित इण्डोप्लस वेलनेश सेन्ट्रर र त्यसका सञ्चालक तोयानाथ देवकोटाले गरेका थिए ।
कैलाश सहकारीका आफ्ना १९३ कुल शेयर सदस्य र कैलाश सहकारी तथा फोटो फ्रेम उद्योगका कर्मचारी समेत सवैको लागि यो रक्त परिक्षण कार्यक्रम राखिएको थियो । यस रक्त परिक्षण कार्यक्रममा आफ्ना शेयर सदस्य, कर्मचारी साथी र उनीहरुका परिवारहरुको समेतको उपस्तिथी रहेको थियो । पोखरा र आसपासको जिल्ला समेतमा फोटोग्राफी ब्यावसाय गर्ने फोटोग्राफरहरुको हितका लागि उनीहरुको सक्रियतामा बिस) २०६८ मा स्थापना कैलाश सहकारी र सोही सहकारीको पहलमा २०७० मा खोलिएको कैलाश फोटो तथा फ्रेम उद्योग सञ्चालन भैरहेको छ । यस सहकारी र उद्योगले कुल ३५ जना र्कमचारीलाई प्रतक्ष रोजगार दिईरहेको छ । कुल १४ करोडको वार्षिक कारोबार रहेको यस सहकारीमा फोटोग्राफरहरु मात्र सदस्य हुन पाउने ब्यवस्था छ ।

 

 

Leave A Reply

Your email address will not be published.