पोखरा फोटोग्राफर संघ अवार्ड शुरु

पोखरा, श्रावण ३

पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ब्यावसायिक फोटोग्राफरहरुको साझा संस्था पोखरा फोटोग्राफर संघले बिभिन्न सामाजिक एवं फोटोग्राफरको हितमा कार्य गर्दै आएको छ । यसमा पोखरा लगायत वरपरको क्षेत्रसमेत गरेर झण्डै २०० फोटोग्राफरहरु संस्थामा आबद्ध रहेका छन । पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरुको हक हित र पेशा एवं दक्षता बृद्धिका बिभिन्न कार्यक्रम जस्तै तालिम, अन्तरक्रिया, अवलोकन भ्रमण र पुरस्कार बितरण जस्ता बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा पोखरा फोटोग्राफर संघले फोटोग्राफरहरुको क्षमता बृद्धि तथा दक्षताको प्रोत्साहन स्वरुप यस वर्ष बिभिन्न ९ बिधामा पोखरा फोटोग्राफी अवार्ड ( पुरस्कार) घोषणा गरेको छ । श्रावण २ आफ्नो ४३ औ वार्षिक उत्सवको उपलक्ष्यमा घोषणा गरिएको सो ९ बिभिन्न बिधाका पुरस्कारको फोटो पठाउने पर्ने संकलन समय श्रावण २५ सम्म रहेको छ । अवार्डको नियम र बिधा बमोजिम प्रतियोगिताको लागि गुगल र्फम भरेर सोही माध्यमबाट फोटो पठाउन सकिने ब्यवस्था भएको पोखरा फोटोग्राफर संघका सचिव देवानन्द पोख्रेलले जनाएका छन । भाद्र ३ गते पर्ने बिश्व फोटोग्राफी दिवशको दिन बिधिवत प्राप्त फोटोहरुलाई अवार्ड जुरीले छनोट गरेर दिएको नतिजा अवार्डको नियम र बिधा बमोजिम प्रकाशन गरिने छ ।

पोखरा फोटोग्राफी अर्वाडका बिधाहरु र ति बिधाका नियम तथा सिमाहरु पोखरा फोटोग्राफर संघ र सदस्यहरुको सामाजिक सञ्जालहरुमा प्रचार गरिएको छ । आफुले खिचेको उत्कृष्ठ फोटोहरु बिधाको नियम परिधी भित्र रहेर संस्थामा पठाउन सक्नुहुनेछ । यस पटक भाग लिन सकिने फोटो प्रतियोगिता बिधाहरु यस प्रकार छन ।

१) अशोक लाईफटाईम एचीभमेन्ट फोटोग्राफी अवार्ड
२) कैलाश फोटोग्राफर अफ दि ईयर
३) मिलन यूथ ईर्नजेटिक फोटोग्राफीक अवार्ड
४) नन्दनारी फोटोग्राफी अवार्ड
५) वातावरण तथा प्रकृती
६) राम तारा दैनिक जनजिवन
७) संस्कृती तथा पर्यटन
८) मिराज विवाह भिडियोग्राफी
९) मिराज पोट्रेट फोटोग्राफी

 

https://www.facebook.com/pokharafotographer.associationpokharanepal?__cft__[0]=AZVq0JBotT0I3uRcvPbeinnCNGuciJnF0VAGHrhqzeFAqRdC9n0EiFbq31iCQ-B1kiF6Bk71JlsST-qlAKtvqBooAaDpB8z3Arpitty63t7AQYJQ1b_VycrW3OyTqNwY608&__tn__=-UC%2CP-R

Leave A Reply

Your email address will not be published.