सौर्य एयरलायन्सको जहाज दुर्घटना, १८ जनाको ज्यान गएको छ

 

काठमाण्डौ स्थित त्रभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आज बिहान ११ वजे सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको छ ।

यस दुर्घटनामा परि १८ जनाको ज्यान गएको छ ।    सौर्य एयरको ९ एन एएमई सिआरजे २०० जहाज बुधवार बिहान ११ काठमाण्डौ देखी पोखरा तर्फ उडान भरेको केही सेकेण्डमा दाइने तर्फ मोडिन गई बिमानस्थलकै पूर्वतर्फको रनवे नजिक दुर्घटनामा परेको प्रतक्षदर्शीको भनाई छ ।

त्यस जहाजका क्याप्टेन पाइलट मनिष शाक्यलाई भने उद्धार गरि केएमसी अस्पताल पुर्रयाईएको छ उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

बाकी सवै सवार १८ जनाको शव उद्धारकर्मीले निकाली पोष्टमार्टमको लागि त्रिबि शिक्षण अस्पताल पुरयाइएको छ । जहाजमा सवार सवै एयरलाईन्सका कर्मचारी हुन । Photo by social media

Leave A Reply

Your email address will not be published.