नेपालको सञ्चार ऐन राजा महेन्द्रका पालाका

फोटोग्राफी पुरस्कारले बनाएको खुशी नेपालका सञ्चार क्षेत्रका मुख्य कानूनहरु राजा महेन्द्रका पालाका छन । यो प्रबिधी र भूमण्डलीकरणिय प्रभावको वर्तमान समयमा बिद्यमान कानून ऐन समयानुकुल परिमार्जन र परिर्वतन हुनु जरुरी छ । उक्त कुरा आज शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रबिधि मन्त्री एवं सरकारका प्रबक्ता नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुड. बताएका हुन ।
प्रेस चौतारी, गण्डकी प्रदेश समितिले पोखरा लेकसाईडमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुड.ले बर्तमान सरकार २०८४ सम्म नै टिक्ने कुरा बताउदै पत्रकारहरुले पनि सकारात्मक सत्य कुराको समाचार सम्प्रेसण गर्नु पर्ने सामाजिक दायित्य भएको कुरा औल्याएको थिए ।
उक्त पत्रकार सम्मेलनमा मन्त्री गुरुड.ले सरकारले गरेका सम्र्पुण काम कारबाहीको चर्चा गर्नुको साथै सञ्चार तथा बिज्ञान प्रबिधीमा गरिनुपर्ने अति आवश्यक बिषयहरुको चर्चा गर्दैै नेपालले आफ्नै सेटेलाईट राख्ने बारे अध्यान भैरहेको जानाकारी गराएका थिए ।
यसै गरी मन्त्री गुरुड.ले सरकारका कामकारबाही र नागरिक सेवामा डिजिटलाईजेसन गर्ने प्रकियामा दु्रत गतीमा अघी बढ्ने काम अन्तरगत देशका ७७ वटै जिल्लामा फाईबर नेटवर्क पु्््र्याउन सफल भएको जानाकारी दिए ।
प्रेस चौतारी, गण्डकी प्रदेश समितिका अध्यक्ष ईन्द्र प्र पौडेलको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलन समितिका महासचिव आश बहादुर गुरुड.ले सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.