पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानामगर कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट पुरस्कृत

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’  फोनिजको २५ औं स्थापना दिवस को अवसरमा  दीपेन्द्र श्रेष्ठ कमला रानामगर पुरस्कृत भएका छन् ।

पोखरा, २७ साउन ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’  फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा  दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् ।

पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता सफल व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले फेटा, दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार दिएर सम्मान गरे । प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेकोे नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसरम दिनुपर्ने धारणा राखे ।  आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारिता मार्फत संरक्षण गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

 

पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठले कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरेर आफुलाई थप जिम्मेवार बनाएको पुरस्कारले आदिवासी जनजातिको हक अधिकारको पक्षमा झनै आवाज बुलन्द गर्न प्रेरणा मिलेको कुरा ब्यक्त गरे । अर्का पुरस्कृत व्यक्तित्व कमला रानामगरले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताइन् ।  यस्तै सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले आफुलाई सम्मान अर्पण गरेकाले फोनिजप्रतिको जिम्मेवारी थप भएको धारणा राखे ।  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पत्रकारिता समाजको ऐना भएको बताउदै नागरिकलाई झुक्याउन नहुने पत्रकारिता समाजको ऐना हो त्यसैले यसले जे हो त्यही देखाउन पर्ने बताए

५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेको महासचिव गुरुङले बताए । उनका अनुसार हाल अक्षयकोषमा १० लाख रुपैयाँ रहेको छ । यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ ।

यसअघि पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ, कास्कीका हुम बहादुर गुरुङ र मुस्ताङका शुन्दरकुमार थकाली पुरस्कृत भइसकेका छन् ।

कार्यक्रममा तमुधिं नेपालका संस्थापक अध्यक्ष कर्मा तमु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, फोनिजका संस्थापक उपाध्यक्ष बालासिंह काउछा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गण्डकीका महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

Leave A Reply

Your email address will not be published.