घनश्याम पौडेल
हातमा चुरा , गलामा पोते शिरमा सिन्दुर लगाएकी रातो पछ्यौरी सपक्क ओढेकी उमेरले पाकी एक महिला हातको ठुलो सोनीको एसएलआर क्यामेराले पोखरा उपत्यकाको लमतन्न दृष्य खिच्न आतुर थिईन । उनी जस्तै अरु धेरै महिलाहरु आफुले देखेका दृष्य आफ्नो क्यामेरामा कैद गर्न ब्यस्त थिए । पोखरा नजिकै पुम्दीडाडामा गएको शनिवार झण्डै १५ महिला फोटोग्राफरहरुले एसएलआर क्यामेराले वरपरको दृष्य खिच्दै हिडेको दृष्य देखियो । महिलाले मोबाइले आफ्नै सेल्फी, छोराछोरीको फोटो खिच्ने र टिकटक बनाउने कुरा त सामान्यनै हो तर यसरी ठुला ब्यावसायिक क्यामेरा बोकेर बिभिन्न सामाजिक तथा प्राकृतिक दृष्यको तस्विर लिदै गाउघर, डाडा पाखा र खरबारीमा डुलेको देख्दा रमाइलो लाग्यो । त्यसैले केही लेखौ भन्ने जागर चलेको हो । यिनै साउने खरबारी हुन ति महिलाहरुले डोको भरी घास काटेर वा भारी बाधेर सकिनसकी घर पुर्उथे । बिहान देखी घर भान्सा, छोराछोरीको हेरचाह र खेतबारीको काम धन्दाले फुर्सत पाउदैनथे । आज हातमा क्यामेरा, टाउकोमा चस्मा , फरक फरक परिवेशका साथीहरुसाथ दृष्य खोज्दै क्यामेरा भिरेर फोटो खिच्दै घरमा लैजादै छन ।
पोखरा फोटोग्राफर संघको आयोजनामा हुन लागेको बिभिन्न बिधाका फोटो प्रतियोगिताका लागि फोटो खोज्दै साउनमा गाउ पसेका यि महिला झण्डै २० वर्ष यताका फोटोग्राफर हुन । यस अगाढी उनैको श्रीमान वा पुरुषले मात्र चलाउने फोटोग्राफी पेशामा बिगत २ दशक देखीको शुरुवातमा धेरै महिला सहायक फोटोग्राफर हुदै प्रमुख ब्यवायायिक फोटोग्राफर बनिसकेका छन । यो उदाहरण पोखराको मात्र नभई नेपाल भरिको नै हो । तर एक महिला फोटोग्राफरले खिचेको महिलाको गतिबिधीको फोटोमात्रको एक प्रतियोगिता नन्दनारी फोटोग्राफी अवार्ड यस पटक समावेश भएकाले पनि उनीहरु हौसिएका हुन । तथापी अन्य धेरै बिधामा महिला पुरुष सहभागि हुन पाउने प्रसस्त अवसर पोखरा फोटोग्राफर संघ र फोटोग्राफर संघ गण्डकीले प्रबन्ध गरेको छ ।
आज भन्दा ६० वर्ष अगाडी सम्म फोटो खिच्ने क्यामेरा ठुला र भारी थिए । सामान्यतय क्यामेरा धेरै यताउता गर्न परेमा निकै मेहनत पथ्र्यो । फेरी खिचिएको फोटो बनाउने प्रबिधी पनि सजिलो थिएन र डार्करुम एवं केमिकल प्रबिधी जोकोहीले जान्दैनथे । यही क्यामेरा बोक्ने र फोटो बनाउने कठिन फोटोग्राफी प्राबिधिक समस्याका कारण क्यामेरा प्रयोग केवल सौखिन र घनाढ्य पुरुषको हातमा मात्र थियो । जव प्रबिधी हलुका र जहातही लैजान मिल्ने सानो कम्प्याक्टमा आयो तव मात्र महिलाको लागि क्यामेरा सहज बन्दै गयो । अझ ४० वर्ष यताको कलर फोटोग्राफी र ३० वर्ष यताको डिजिटल बिकासले त झनै सजिलो बनायो । २० देखी त मोबाइलमा नै क्यामेरा वा मोबाइल भन्दा साना क्यामेराले जो कोही फोटोग्राफर बन्ने अवसर जुटाई दिएको छ । यसो भनिरहदा पहिले महिला फोटोग्राफर थिदै थिएन वा फोटोग्राफी गर्न सक्दैनथे भन्न खोजेको भने हैन । किनकी फोटोग्राफी मात्र हैन त्यस अगाडीका प्राचिनकालबाट नै चित्रकला, मुर्तीकला तथा बिभिन्न चित्रण जस्ता बिधामा महिलाहरुको अनुपम कला र योगदान थियो । हाम्रो गाउको माटोको घरमा छानामाथी भित्तामा बिभिन्न रंगका माटोले कलात्मक फुल बुट्टा आमा दिदी बैनीले नै भर्दथे । तर पनि बिकसित मुलुकबाट भित्रिएको प्रबिधीमा पुरुषको तुलनामा महिला सहभागिता कम थियो । फेरी महिलाहरुको शाररिक, पारिवारिक तथा सस्कृतीजन्य अप्ठाराले पनि समाज बिकास सगै निकास पाउदै गयो ।
फोटोग्राफीको बिकास सगै ड्राई प्लेट प्रबिधीको बिकासले फोटोग्राफीमा कम उपकरण र सहज हुदै गयो साथै धेरै भन्दा धेरैले जानाकारी पाए । त्यसैको फलस्वरुप महिलाको सहभागिता पनि थपिदै जान थाल्यो । सौखिन महिला फोटोग्राफर र ब्यवसायिक महिला फोटोग्राफरको पनि समय र प्रबिधी सगै बिकास हुदै गयो । फोटोग्राफी शिक्षा पनि खुल्ला र सहज हुदै गयो भने सौखिन फोटोग्राफरको संख्या बढ्दै जादा कम्पयाक्ट क्यामेराको बिकासले महिलाले आफ्नो हाते झोलामा नै अटाउन सक्ने क्यामेरा पाए पछि महिला फोटोग्राफरको संख्या निकै बृद्धि हुन थाल्यो । अव क्यामेरा बोकेर फोटो खिच्ने कार्यलाई लैडि.गक फरकमा (पुरुष प्रधान) मात्र सिमित राखिएन ।
एक महिला छोराछोरी जन्म दिने, हुर्काउने, घर परिवारको भान्छा देखी बाहिर निस्केर रोजगारीका लागि कार्यालय र सामाजिक कार्यमा समेत समावेश हुन थालिन भने उनै महिलाले क्यामेरा समाएर ब्यावसायिक बन्न सक्ने क्षमताको बिकास गर्ने कार्य कुनै ठुलो र नौलो भएन । पश्चिमा देशले बिकास गरेको फोटोग्राफी प्रबिधी समय सगै फैलदा जादा नेपाल जस्ता प्रबिधी र सामाजिक बिकासमा पछाडी परेका देशका महिलाले पनि फोटोग्राफीमा परिचित हुने मौका पाउन थाले ।
नेपालमा सन १८५० मा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमण गएर फर्के पछी अंग्रेजी शिक्षाको आवश्यकता महसुस गरी दरबार स्कुल बनाए भने त्यसै भ्रमणको उपलब्धी स्वरुप फोटोग्राफी पनि भित्रिएको भन्ने गरिन्छ । अंगेजी शिक्षा र फोटोग्राफी पहिलो चरणमा निकै वर्ष दरबारमा नै सिमित थियो । धेरै पछि मात्र सर्वसाधारणको लागि बजारमा आयो । तर पनि हामीले जान्ने बेला सम्म अर्थात आज भन्दा ४० वर्ष सम्म पनि महिला फोटोग्राफर वा फोटो ब्यावसायी पाउन मुस्किल थियो । फोटोग्राफी ब्यावसाय गर्ने पुरुषमात्र देखिन्थे भने फोटोग्राफरको रुपमा बाहिर फोटो खिच्ने पनि पुरुषमात्र थिए । महिलाको शिक्षामा पहुच र खासगरी नेपालबाट धेरै युवा बैदेशिक रोजगारीको लागि बाहिर जाने प्रचलनले गर्दा महिला फोटोग्राफर तथा फोटो ब्यावसायी हुर्कने बढ्ने मौका पाएका हुन पनि भन्न सकिन्छ । पुरुषले सञ्चालन गर्दै आएको पसल वा पेशालाई महिलाले पनि अगाल्न बाध्य भएको नेपालको सामाजिक परिर्वतको सकारात्मक इतिहास हो । जय फोटोग्राफी २०८१ श्रावण ।