पोखरा फोटोग्राफर संघको अध्यक्षमा भक्त तामाड.

पोखराको पुरानो सामाजिक संस्थाको रुपमा परिचित पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको अध्यक्षमा भक्त तामाड. निर्वाचित भएका छन । शनिबार भएको ४३ औ साधारण सभा तथा अधिवेशनले तामाड.सहित उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मिपती पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सेना र सदस्यहरुमा प्रकाश पौडेल, बिनय श्रेष्ठ, राजु तिमिल्सेना र रिता बराल पौडेल निवार्चित गरेको छ ।
पोखरा फोटोग्राफर संघको अधिवेशन सत्र उद्घाटनमा पानसमा बत्ती बाल्नुको साथै फोकस बुलेटिन बिमोचन गर्दै माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले एक सामाजिक संस्थाले समाजको बिकासमा खेल्ने अतुलनिय भूमिकाबारेमा चर्चा गरेका थिए । नेपालभरका फोटोग्राफरहरुको राम्रो उपस्थिती रहेको सो कार्यक्रममा फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कडेलले पोखरा फोटोग्राफर संघले केन्द्रमा समेत फोटोग्राफरको केन्द्रिय संस्था बनाउन पहल गरेको बताए । उक्त उद्घाटन सत्रमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले पोखरा फोटोग्राफर संघले नै संस्थागत बिकासमा फोटोग्राफरहरुलाई लगाउने काम पोखरामा ४३ वर्ष अगाडीबाट नै भैरहेको र सोको सिको अहिले नेपालभरका फोटोग्राफरहरुले गरिरहेको बताए ।
उक्त ४३ औ अधिवेशनमा अतिथीको रुपमा केन्द्र साथै चितवन, कपिलबस्तु, कैलाली, बाग्लुड., पर्वत लगायत बिभिन्न जिल्लाहरुका फोटोग्राफर संघका अध्यक्ष वा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । पोखरा फोटोग्राफर संघको सो अधिवेशन तथा साधारण सभामा पोखरा फोटोग्राफर संघले बाग्लुड.का बरिष्ठ फोटोग्राफर मुकुन्द शाक्यलाई अशोक लाईफटाईम एचिभमेन्ट फोटोग्राफी अवार्ड प्रदान गरेको छ । संघका सचिव देवानन्द पोख्रेलले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष भक्त तामाड.ले स्वागत मन्तब्य राखेका थिए भने सभापतीको मन्तब्य पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेलले गरेका थिए ।
यसै समारोहमा पोखरा फोटोग्राफर संघले आयोजना गरेका बिभिन्न बिधाका फोटोग्राफी, भिडियोग्राफी अवार्डको बिजेताहरुलाई पुरस्कार बितरण गरेको थियो । जस अन्तरगत कैलाश फोटोग्राफर अफ दि ईयर अवार्ड पोखराका फोटोग्राफर पुरन थापा सारुले प्राप्त गरेका छन । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित फोटो भिडियो अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ सर्वोत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको ७ फोटो बिधामा कुल ५७३ फोटो संकलन भएका थिए भने १ बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पधामा थिए । संस्थाका निवर्तमान सचिव देवानन्द पोख्रेलले दिएको जानाकारी अनुसार यस वर्ष पहिलो १५ हजार ५५५ राशीको कैलाश फोटोग्राफर अफ दि ईयर पुरन शारु र उत्कृष्ठ ५ मा
देवानन्द पोख्रेल, राम्जि थापा, लक्ष्मिपती पौडेल र जीवन ढुड।गानाको फोटो परेका छन ।
यसै गरी दोश्रो मिलन यूथ ईनर्जेटिक फोटोग्राफी पुरस्कार बिधामा बब शाही पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा
दिपकमान उदास, अर्जुन कुवर, नारायणहरि अधिकारी र राजेश गुरुड।को फोटो परेका छन । तेश्रो वातावरण तथा प्रकृति बिधामा उत्कृष्ठ ५ मा कुलराज चौधरी पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा योगेन श्रेष्ठ, गणेश बि लामा, दिनेश भण्डारी र अनील कार्कीका फोटोहरु परेका छन । यसैगरी चौथो सस्कृती तथा पर्यटन बिधामा समिर रेग्मी पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा अग्नीधर तिमिल्सेना, फोकस श्रेष्ठ, आशिष पुरी र अभिनन्दन बजिमयका फोटोहरु परेका छन । पाचौ रामतारा दैनिक जनजिवन फोटो बिधामा सुरेश रेग्मी पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा महेन्द्र केसी, देवानन्द पोख्रेल, कुलराज चौधरी र शाहिल तिवारीको फोटोहरु परेका छन ।
छैठौ बिधा मिराज पोट्रेट फोटोग्राफीमा सर्वोकृष्ठ ५ मा देवानन्द पोख्र्ेल पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा प्रदिप श्रेष्ठ, मोहन महतो, शाहिल तिवारी र नारायणहरि अधिकारीको फोटोहरु छनोट भएका छन । यसै गरी यसै वर्षवाट शुरु भएको सातौ बिधा महिला प्रतियोगिको लागि मात्र राखिएको नन्दनारी फोटोग्राफी अर्वाडको ५ सर्वोउत्कृष्ठमा श्रृजना भुर्तेल पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा मन्जरी पौडेल, श्रृजना घिमिरे लामिछाने, सुस्मिता अधिकारी र इन्दिरा शर्माको फोटोहरु परेका छन ।
प्रतियोगिताको एक मात्र बैबाहिक भिडियो बिधामा परेका भिडियो मध्य निरोज के भण्डारी पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा
राम्जी थापा, प्रकाश पौडेल, महेन्द्र केसी र देवानन्द पोख्रेलका भिडियोहरु सर्वोकृष्ठ ५ मा परेका छन ।
पोखरा फोटोग्राफर संघ पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ब्यावसायिक फोटोग्राफरहरुको साझा संस्था हो । संघले बिभिन्न सामाजिक एवं फोटोग्राफरको हितमा कार्य गर्दै आएको छ । यसमा पोखरा लगायत वरपरको क्षेत्रसमेत गरेर झण्डै २०० फोटोग्राफरहरु संस्थामा आबद्ध रहेका छन । पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरुको हक हित र पेशा एवं दक्षता बृद्धिका बिभिन्न कार्यक्रम जस्तै तालिम, अन्तरक्रिया, अवलोकन भ्रमण र पुरस्कार बितरण जस्ता बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ।
आज भन्दा ४३ वर्ष अगाडी अर्थात बि।सं। २०३९ मा पोखराका तत्कालिन फोटोग्राफर शम्भुरत्न शाक्यको अगुवाईमा स्थापित पोखरा फोटोग्राफर संघ ब्यवसायिक पेशागत साथीहरुको एकता, ऐक्यबद्धता र बृहत्तर हितमा केन्द्रित रहदै आएको संस्था हो । समय अनुकुल प्रबिधी र ब्यवसायिक प्रर्बधनले मात्र जिवन सम्भव छ भन्ने मुल ध्ययले संस्थागत बिकासको माध्यमले सदस्यको आर्थिक समृद्धिमा कसरी सहयोग गर्न सकिन्छ भन्ने कार्यमा लागि परेको छ । समयानुकुल फोटोग्राफी भिडियोग्राफीलाई अगाडी बढाउन र आयआर्जनको बलियो माध्यम बनाउने उदेश्यले आफ्ना सदस्यको क्षमता तथा दक्षता बृद्धि गर्नको लागि स्यम सदस्यहरुबाट नै पुरस्कार रासी स्थापना गर्ने र बितरण गर्ने कार्य गर्दै आएको छ । अन्य वस्तुगत संस्थाहरु भन्दा छुट्टै पहिचान बनाउन सफल यस पोखरा फोटोग्राफर संघ स्थापनाको ४३ औं बर्ष सम्म आईपुग्दा पोखरा र पोखरा आसपासका विभिन्न छिमेकी जिल्ला हरुमा समेत आफ्नो कार्यक्षेत्र बिस्तार गर्र्दै राष्ट्रिय स्तरमा आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।
नवनिर्वाचित नेतृत्वले पनि संस्थाको गरिमालाई उच्च बनाउन भैरहेका नियमित कार्यको निरन्तरता दिनुको साथै थप नया र प्रभावकारी कार्यक्रम ल्याउने अपेक्षामा रहेका संस्थाका पूर्व अध्यक्ष एवं फोटोग्राफर संघ गण्डकीको अध्यक्ष दुर्गा प्रसाद पौडेलले जानाकारी दिए ।

Leave A Reply

Your email address will not be published.