सुचना१
newa srijana

बाबा कतारमा, आमा हतारमा

कवि सुरजको चौथो कृती प्रकाशित

पोखरेली युवा कवि सुरज उपाध्यायले आफ्नो चौथो कृति बाबा कतारमा, आमा हतारमा कविता सञ्चयन कृति हालै बजारमा ल्याएका छन । कृतिको मुल्य २ सय ५० रुपया रहेको छ । समसामहिक नेपाली समाज र पारिवारिक बेदनामा रहेर लेखिएको यो बाल कविता कृतिमा २८ कविता रहेका छन ।

कवि सुरज उपाध्याय
बाल मनोबिज्ञानलाई अगालेर बाल साहित्य लेखनमा पोख्त सुरजले यस अगाडी पनि बालमनोबिज्ञान कृति अन्तरगत नै चील उड्यो आकाशमा र साईकल क्रमश २०७१ र २०७९मा प्रकाशित गरिसकेका छन । उनको पहिलो कृति तिम्रो मन फर्किएन गजल संग्रह २०६० मा नै प्रकाशित भएको थियो ।
सुरजको लेखन शैली बालबालिकालाई मनोरञ्जन दिनेमात्र नभएर चेतना र समाज चिनाउने खाले हुने गर्दछ । अत्यन्त परिश्रमी एक सामान्य जिवन जिउन मन पराउने पोखरेली युवा कवि सुरज उपाध्याय वर्तमान समाज र परिवेशको बास्तविकता बाल साहित्यको माध्यमले अहिलेका साना भाईबैनीहरुमा बुझाउने प्रयास गर्ने खप्पिस कवि हुन । साथै उनी अत्यन्त कोमल ह्दयका सहयोगी समाजसेवी पनि हुन । पोखराका मजदुर कवि भनेर चिनिने ईन्द्र राना प्रतिकलाई चर्चामा ल्याउन र सहयोग जुटाउने कार्यमा कवि सूरजले निकै मद्धत गरेका थिए ।

Sadak 1
पुल सेन्टर