काठमाडौं । नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले एक हजार र पाँच सयका नोटमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको आइतवारको आकस्मिक समयमा बोल्दै नेता केसीले नेपाल सम्पत्ति सुद्धिकरणको ग्रे लिस्टमा परेको र अहिले कठोर कदम चालिएन भने देशको अर्थतन्त्र डुब्ने बताए ।
उनले ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार सूचकांकमा नेपाल एक अंकमाथि गएको भन्दै उनले भ्रष्टाचारको जड बनेका हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउन सुझाए ।

सांसद केसीले केवल नोट प्रतिबन्ध गरेर मात्र नपुग्ने भन्दै, विगतका सबै ठूला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोग गठन गरिनुपर्ने बताए ।