newa srijana

उपाधिका लागि म्यानमारसँग खेल्दै नेपाल

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि म्यानमारसँग बुधबार प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबीचको खेल साँझ ६ बजे हुनेछ।

नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा भिड्न लागेका हुन्। लिग चरणमा म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले हराएको थियो। नेपालले भने यी दुई प्रतिद्वन्द्वीविरुद्ध समान १–० को जित निकालेको हो।

World link net

नेपाल र म्यानमारबीचको खेल भने २–२ को बराबरीमा रोकिएको थियो। यद्यपि, म्यानमार शीर्ष स्थानमा रहन सफल रह्यो। नेपाल भने गोल संख्याको आधारमा दोस्रो स्थानमा रह्यो।

नेपाल र म्यानमार अन्तर्राष्ट्रिय फुटबलमा पाँचौंपल्ट भिड्न लागेका हुन्। सन् २०१८ मा एसियन ओलम्पिक छनोटअन्तर्गत पहिलो लेगमा यी दुई टोली भिडेका थिए। उक्त खेलमा सावित्रा भण्डारीले तेस्रो मिनेटमै गोल गरे पनि नेपालले उक्त अग्रता जोगाउन नसक्दा १–१ को बराबरीमा चित्त बुझाउनुपरेको थियो।

त्यसकै अर्को वर्ष नेपालले दोस्रो लेग खेलेको थियो। तर, उक्त खेलमा भने म्यानमारले ३–१ को सानदार जित हासिल गर्‍यो। उक्त खेलमा भने निरु थापाले एक मात्रै गोल गरेकी थिइन्। लगत्तै भारतमा भएको नादेज्दा कपमा पनि यी दुई टोली आमुन्नेसामुन्ने भएका थिए। तर, उक्त खेलमा म्यानमारले ३–० को एकपक्षीय जित हासिल गर्‍यो। त्यसयता नेपाल र म्यानमारको भेट दशरथ रंगशालामै भएको हो ।

सिटीजन फनिच्रर