newa srijana

म्यानमारसँग नेपाल पराजित, १३ औं पटक उपविजेता बन्यो

काठमाडौं । म्यानमारसँगको खेलमा हारेसँगै नेपाल १३औंपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो। नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा हो।

नेपाल यसअघि साफ महिला च्याम्पियनसिपमा ६, दक्षिण एसियाली खेलकुदमा तीन तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान एकपल्ट उपविजेता बनेको थियो।

World link net

म्यानमारलाई ६३औं मिनेटमा खिनेले अग्रता दिलाइन्।

अञ्जिलालाई छक्याउँदै उनले प्रहार गरेको चिप बलले सिधै जाली चुम्यो। लगत्तै नेपालले अर्को गोल बेहोर्‍यो। म्यानमारकी कप्तान विन तुनको प्रहारलाई बचाउने क्रममा गीताको टाउकोमा बल लाग्दै पोस्टसम्म पुग्यो। त्यसपछि पनि दुवै टोलीले केही अवसर बुने पनि सफल हुन सकेन।

नेपालले लिग चरणमा म्यानमारलाई २-२ को बराबरीमा रोकेको थियो।

सिटीजन फनिच्रर