newa srijana

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन चैत १० गते

पोखरा । पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत १० गते हुने भएको छ ।

मंगलबार स्थगित भएको निर्वाचन चैत १० बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिले बुधबार साँझ सूचनामार्फत जानकारी दिएको छ ।

संघ–संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारबीच नयाँ मितिका लागि सहमति जुटेको सूचनामा उल्लेख छ । निर्वाचनका लागि चैत ७ मध्यराति १२ बजेदेखि सुरु हुनेछ ।

World link net

मतपत्रमा प्रत्यक्षतर्फ अनेरास्ववियु (छैठौं)बाट अध्यक्ष पदका उम्मेदवार रहेका मिलन सुनारको नाममा कोष्ठक छुटेका थियो । नयाँ मतपत्र प्रकाशनपछि निर्वाचन सुरु हुन सकेन । त्यसपछि निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि सुरु हुने गरेर मतदान स्थगित गरेको थियो । ६ वटा विद्यार्थी संगठनले मंगलबार निर्वाचन समितिको कार्यालयमा ताला लगाए । यसपछि बुधबारको निर्वाचन पनि स्थगित भयो । बुधबार बसेको बैठकमा सहमति जुटेपछि नयाँ मिति तोकिएको हो ।

अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, अनेरास्ववियु (छैठौं)बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल स्ववियु अध्यक्ष पदका उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

पृथ्वीनारायण क्याम्पसमा ९ हजार २ सय ७० मतदाता छन् ।

सिटीजन फनिच्रर