सुचना१
हेमाजा हिले महोत्सव

कहा जाने होला यो रमाईलो छोडेर ?

पोखरेली एमआरआर ग्रुपको रमाईलो भजन आम्दोलन ( भजनको नाच गान भिडियो अन्त्यमा छ ।)

जीएस नेपाली, पोखरा
साउन, २०८२ को प्रश्न, समग्र नेपालमा रहेका र बिदेश पसेका नेपाली युवालाई पोखरेली युवाले गरेको लोक भजन प्रश्न हो, कहा जाने होला यो रमाईलो छोडेर ? पोखराको गुप्तेश्वर महादेव मन्दिर परिसरमा शनिबार साझपख झण्डै हजारको संख्यामा युवाहरु थिए । भेला भएका युवायुवतीहरु मध्य माथिल्लो सिडिमा हातमा खैजडी मुजुरा र मादल लिएर स्थानिय भाकाको लोक भजन गाईरहेका थिए भने अगाडी सयौको संख्यामा युवक युवती नाचीरहेका थिए । त्यो खुल्ला ठाउमा चारैतिरबाट दर्शकले ढाकेर हेर्न सुन्न आतुर थिए स्थानिय पोखरेली । त्यो भजनको आयोजना पोखराका एमआरआर ग्रुपले गरेको थियो जसमा मुख्य  उत्तम बराल, डाक्टर पवन पाठक, जुपिटर पौडेल, सन्तोष ढुड.गाना, अर्पण पौडेल, कृष्ण प्रसाद बराल, उज्जल पौडेल, प्रदिप तिवारी आदी ३५ वर्ष मुनीका युवाहरुले गरेका थिए । उपस्थित दर्शकको भिड केवल यही समूहको फेसबुक र सामाजिक सञ्जालको माध्यमले दिएको निम्तो पाएर आएको स्वतस्र्फुत भिड थियो । यहा उपस्थित युवायुवती र भजन समूह सदस्य अधिकांस युवायुवतीहरु नै थिए । तथापी उनीहरु अति शिष्ठ र मर्यादित तवरले भजन गाएका थिए भने नाच्नेहरु पनि बढि नै अनुशासित देखिन्थे । बास्तवमा यो स्वतस्र्फुत भिड जम्मा गर्न सक्ने यि युवाको भजन समूहले किन र कसरी यो कार्य गरेको छ र यसको महत्व के छ त्यो समग्र आममानिसको चासोे बिषय हो । त्यसैले पनि पोखरामा आजकल बिभिन्न धार्मिक स्थलहरु मध्य एक सनिवार साझ एक ठाउमा हुने यो एमआरआर युवा समूहको भजनले निकै लोकप्रियता पाएको छ ।


यो भजन समुहका एक सक्रिय सदस्य पोखरा २२ पुम्दीभुम्दीका २५ वर्षिय उत्तम बराल हुन, उनी पेशा एक शिक्षक तथा बिद्यार्थी पनि । बराल भन्छन हाम्रो एमआरआर समूह युवाहरुलाई नेपालमा नै रमाएर केही गरेर बस्न सकिन्छ भन्ने सन्देश दिन र युवा एकतालाई सामाजिक सदभाव बाड्न प्रयोग गर्न बनेको समूह हो । झण्डै १० वर्ष देखी सक्रिय रहेको यो फेसबुक समूह अहिले नेपालभर फैलिएको झण्डै एकलाख युवा सदस्य रहेको बिशाल समूह हो । यही समूहका पोखराका सदस्यहरुले आज भन्दा २ वर्ष अगाडीबाट यो भजन कार्यक्रम शुरुवात गरेका थिए ।


यसै समूहका अर्का सक्रिय सदस्य डाक्टर पवन पाठक भन्छन धेरै नेपाली युवा बिदेश पलायन भैसकेका छन । यही रहने युवाहरु पनि आफ्नो धर्म सस्कृती र परम्पराबाट केही टाढा जादैछन । त्यसैले हामी यही नेपालमा केही गर्छौ भनेर बसेका युवाले हाम्रो सस्कृती र परम्परालाई सहि अर्थमा जोगाईराख्नु पनि हाम्रो सामाजिक कर्तब्य हो । यसैको निरन्तरताका लागि भजन शुरु गरौ भनेर मैले नै २ वर्ष अगाडी साथीहरुलाई प्रस्ताव गरेको थिए । अहिलेको यो स्वरुप त्यही प्रस्तावको बिस्तारित रुप हो ।
एक युवा ब्यवसायी जस्ले पोखराका बिभिन्न क्षेत्रहरुमा ड्रागनमार्ट ब्यापार ब्यावसाय सञ्चालन गरिरहेका छन उनी हुन जुपिटर पौडेल । उनी पनि यो समूहको भविष्य उज्जल देख्दछन । उनका अनुसार एमआरआर अर्थात मेन्सरुम रिलोडेड भन्ने एक फेसबुक ग्रुप हो जस्को सिद्धान्त नै एस टु ब्रदरहुड अर्थात हरेक बिच भातृत्वभावको सम्बन्ध बनाउने उदेश्य हो । आफ्ना साथीहरुको समूहिक एकता र ब्यापकता मात्र नभई एक फेसबुक पोष्टको भरमा नै आपत परेका ब्यक्ति वा अनजान ब्यक्ति समेतलाई सहयोग गर्ने गरेको यस समूहको नियमित कार्यहरु प्रर्दछन । त्यसै मध्यको यो भजन केवल एक भाग हो , यसबाहेक यस समूहले बिभिन्न सामाजिक कार्यहरु जस्तै स्वास्थ्य शिविर सञ्चालन, रक्क्तदान कार्यक्रम, असाहय दान तथा सहयोग कार्यक्रम र समाजमा परि आउने हरेक बिपतहरुमा पनि सहयोगी हात बनेर कार्य गरिरहेको छ । यस समूहमा लाग्नेहरु सवैको उदेश्य नै समाजमा रहेको सकारात्मकतालाई अगाडी ल्याउने र सकारात्मकता फैलाउने रहेको पाईन्छ ।
यस समूहका अनुसार उनीहरुले पोखरा क्षेत्रका बिभिन्न मठ मन्दिर तथा मानव सेवाकेन्द्रमा प्रतेक शनिबार बेलुका गएर निशुल्क २ घण्टा लोकलयमा आधारित भजन गाउने कार्यक्रम गर्दै आएका छ । जस्ले सास्कृतिक, धार्मिम र भातृत्वप्रेम समेतको जर्गेना गर्ने कार्य गर्दै आएको पाईन्छ ।

नेपालका झण्डै ५० लाख जनसंख्या अर्थात अधिकांस युवाहरु बिदेश पलायन भसकेका छन । बिभिन्न तथ्यगत सूचनाहरुको आधारमा बिदेश जाने नेपाली कुल सक्रिय जनसंख्याको आधा युवाजनशक्ति छन । चाहे रहर होस वा बाध्यता वा कुनै परिस्थिती, नेपाली युवाहरु अरवका खाडी र मलेशियाको जंगलमा मात्र हैन जापान, अष्टेलिया, युरोप र अमेरिकाका शहरमा पुगेका छन । गाउघर सुन्य छन शहरबाट युवा बेपत्ता छन यो युवा खडेरीमा पनि यस्ता एमआरआर युवा समूहले गरेको यो सस्कृती र समाज उत्थान तथा सकारात्मक कार्यको प्रशंसा चारैतिरबाट भैरहेका पाईन्छ । त्यसैले त उनीहरुले गरेका कार्यक्रमहरुमा मानिसहरु हरतरहबाट भेला हुने र अत्याधिक खुसी सहितको मनोरञ्जन लिने प्रयास गरेको पाईन्छ । भजनमा गाएको एक टुक्का कहा जाने होला यो रमाईलो छोडेर भन्ने बाक्य पनि यिनै नेपाल छोडेर बिदेश गएका युवाहरुलाई भन्न खोजिएको हो कि भन्न सकिन्छ ।

वडा नं २६
Sadak 1
पुल सेन्टर