सुचना१
हेमाजा हिले महोत्सव

सिर्जना चौतारी र फेवा बेगनास चौतारी समायोजन

पोखरा । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब– पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी एकीकृत भएका छन्। सन् २०१२ मा स्थापना भएको सिर्जना चौतारी, आफ्नै स्पोन्सर क्लब फेवा बेगनास चौतारीमा समायोजन भएपछि सदस्य संख्या ५४ पुगेको छ।

यस अवसरमा सिर्जना चौतारीले बिहीबार विशेष कार्यक्रम आयोजना गरी समायोजन भई आएका सदस्यलाई स्वागत गर्‍यो। लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका वर्ष २०२५/२०२६ का अध्यक्ष जनकराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुवै क्लबका संस्थापक अध्यक्षहरू बालकृष्ण बराल र सन्तोष घिमिरेसहित पूर्व अध्यक्षहरू जितबहादुर थापा, जीवन गोर्खाली, टङ्क ढकाल, महेश्वर रिमाल, राजु बराल, विधान गौतम, राजाराम पौडेल, उमापति ढकाल, टिका बहादुर लम्साल, चित्र गुरुङलगायतको उपस्थिति थियो।

कार्यक्रममा द्वितीय उपाध्यक्ष रमेश अधिकारी, तृतीय उपाध्यक्ष कृष्णप्रसाद आचार्य, सह–कोषाध्यक्ष राजेश ढुंगाना लगायत वक्ताले दुई क्लबको एकता कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। दुवै क्लबले विगतमा कमाएको साखलाई निरन्तरता दिँदै डिस्ट्रिक्ट स्तरमै अब्बल क्लबको रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

कार्यक्रम सञ्चालन सचिव खगेश्वर पौडेलले गरेका थिए भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष शान्ति सिग्देलले दिएकी थिइन्।

वडा नं २६
Sadak 1
पुल सेन्टर