सुचना१
newa srijana

पोखरा थिएटरमा पुस २४ देखि नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन…’ मञ्चन हुने

पोखरा । पद्माप्रेम थिएटरको प्रस्तुतिमा नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन…’ यही पुस २४ गतेदेखि २७ गतेसम्म पोखरा थिएटर गैह्रापाटनमा मञ्चन हुने भएको छ।

यसअघि असोजमा मञ्चन हुने तयारी रहे पनि देशमा भएको जेन्जी आन्दोलनका कारण स्थगित भएको यो नाटक अहिले थप तयारीका साथ प्रदर्शन हुन लागेको हो। नाटककार साबित्र पाठक (सबु)का अनुसार यस अवधिमा नाटकको कथा, पटकथा र अभ्यासमा रहेका कमजोरीहरूलाई सच्याएर अझ उत्कृष्ट बनाइएको छ।

Pokhara महोत्सव

चार दिनसम्म चल्ने यस नाटकको प्रदर्शन हरेक दिन साँझ ५ बजे हुनेछ। दर्शकको सहजताका लागि पुस २६ गते शनिबार दिउँसो १ बजे पनि विशेष शो राखिएको छ। यसरी जम्मा पाँच शो मञ्चन हुने आयोजकले जानकारी दिएका छन्।

समाजका वास्तविक कथा र वरपरका घटना समेटिएको यस नाटकलाई सफल बनाउन व्यक्तिगत तथा संस्थागत सहयोग गर्न समेत थिएटरले आह्वान गरेको छ।

पुल सेन्टर
वडा नं २६