newa srijana

ल्यासएक्सटेन्ड एसपीएमयू र डियर स्किनले चौथो वार्षिकोत्सव, नयाँ भवनबाट सेवा सुरु

कोरियाको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम बनेकी एसपीएमयू आर्टिस्ट अरुणा गुरुङको स्टुडियो नागढुंगामा स्थानान्तरित

पोखरा ।  पोखरास्थित ल्यासएक्सटेन्ड एसपीएमयू स्टुडियो तथा डियर स्किनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा नयाँ भवनबाट सेवा सुरु गरेको छ। यसअघि लेकसाइडमा सेवा दिँदै आएको स्टुडियो अब नागढुंगामा स्थानान्तरण भई शनिवार औपचारिक उद्घाटनसमेत सम्पन्न गरेको छ।

कार्यक्रममा अभिनेता धिरज मगरको विशेष उपस्थिति रहेको थियो। साथै, लाइभ म्युजिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा विभिन्न अतिथि, शुभेच्छुक तथा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सिटीजन फनिच्रर

चार वर्षअघि स्थापना गरिएको उक्त स्टुडियोले पोखरामा सौन्दर्य तथा स्किन केयर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। नयाँ भवनबाट सेवा सुरु भएसँगै अझ प्रभावकारी, व्यवस्थित तथा ग्राहक–मैत्री सेवा प्रदान गर्ने लक्ष्य लिइएको जनाइएको छ।

स्टुडियोकी संस्थापक तथा प्रोपाइटर अरुणा गुरुङ अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित एसपीएमयू आर्टिस्ट हुन्। हालै उनले दक्षिण कोरियाको बुसानमा आयोजित २०औँ अन्तर्राष्ट्रिय बडी आर्ट प्रतियोगितामा एसपीएमयू विधामा प्रथम स्थान हासिल गर्दै नेपालका लागि ऐतिहासिक सफलता प्राप्त गरेकी छन्।

अन्तर्राष्ट्रिय बडी आर्ट प्रतियोगितामा प्रथम स्थान हासिल गरेको ट्रफीसहित ल्यासएक्सटेन्ड एसपीएमयू स्टुडियोकी संस्थापक अरुणा गुरुङ।

कार्यक्रममा गुरुङले आधुनिक उपकरण, उच्च स्वच्छता मापदण्ड तथा व्यावसायिक सेवालाई प्राथमिकतामा राखेर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिने बताएकी छन्। उनले पोखराबाटै अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताइन्। साथै, महिला उद्यमशीलतालाई प्रोत्साहित गर्ने उदाहरणका रूपमा स्टुडियो संचालन भइरहेको बताइन् ।

अनिल multipurpose
आहा रारा
वडा नं २६