newa srijana

पोउवा संघको सहयोगमा पोखरा रंगशालाभित्र खानेपानी फिल्टर मेसिन

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की ९फिल्टर मेसिन० स्थापना गरेको छ । संघले आफ्नो ७२ औं वार्षिकोत्सवको अवसर पारेर जिल्ला खेलकुद विकास समितिमार्फत् सो पानी ट्याङ्की निर्माण गरेको हो ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सो पानी ट्याङ्कीको अनावरण गरे । अनावरणसँगै करिब १ लाख ५० हजारको लागतमा निर्मित सो पानी ट्याङ्की जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार पानी फिल्टर मेसिन बहुस्तरीय शुद्धीकरण प्रणालीयुक्त रहेको छ ।

सेडिमेन्ट फिल्टर, कार्बन फिल्टर र यूभी प्रणाली जडान गरिएको यो मेसिनबाट निस्कने पानी जीवाणुरहित, सुरक्षित र पिउनयोग्य हुनेछ । मेसिनबाट तातो र चिसो पानी आउने र फिल्टरले पोखरा रंगशालामा आउने खेलाडी तथा दर्शकहरुलाई स्वच्छ पानी उपलब्ध हुने पनि अध्यक्ष कार्कीको भनाइ छ । अध्यक्ष कार्कीले संघको वार्षिकोत्सवकै अवसर पारेर सो फिल्टर मेसिन रहेकै ठाउँको वरपर व्यक्तिगत लागतमा ५ वटा फलामे बेन्चसमेत प्रदान गरेका छन् ।

सिटीजन फनिच्रर

फिल्टर मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस्ता सहयोगले खेलकुदको विकासमा सघाउने बताए । खेल क्षेत्रको विकासमा निजी क्षेत्रको सहकार्य आवश्यक भएको पनि उनको भनाइ थियो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराको जेठो संस्था पोउवा संघको ७२औं स्थापना दिवसको अवसरमा खेल क्षेत्रलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले सहयोगका लागि आभार व्यक्त गर्दै यसले खेलाडीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै आगामी दिनमा समेत सहकार्यका लागि आग्रह गरे ।

संघका उपाध्यक्ष बलराम आचार्यको धन्यवाद ज्ञापन तथा संघकी महासचिव शोभा गौतको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो । संघकी महासचिव गौतमका अनुसार सो फिल्टरले एक पटकमा ६ हजार लिटर पानी शुद्ध बनाउँछ ।

अनिल multipurpose
आहा रारा
वडा नं २६