पोखरा । मदिरा व्यवसायी समिति, कास्कीको भवन शिलान्यास भएको छ । पोखरा महानगरपालिका वडानम्बर १७ मदगौँडामा भवनको शिलान्यास गरिएको हो । मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनामा शेर्पाले एक कार्यक्रमकाबिच भवनको शिलान्यास गरेका हुन् ।
करिब ४ आना क्षेत्रफलमा २ तले भवन निर्माण हुने समितिका प्रथाम उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक राधाकृष्ण देवकोटाले जानकारी दिए । निवर्तमान अध्यक्ष सुर्यराज घिमिरे नेतृत्वको समितिले उक्त जग्गा खरिद गरेको थियो ।
भवनको उद्याटन गदैँ महासंघका अध्यक्ष शेर्पाले संस्था संचालनका लागि आफ्नै भवन निर्माण थालेकोमा कास्की शाखालाई धन्यवाद व्यक्त गरे । भवन निर्माण गर्नु कार्यालय संचालन गर्नुमात्र नभएर यसले संस्थालाई जिवन्त बनाराख्ने शेर्पाले बताए । सो अवसरमा अध्यक्ष शेर्पाले भवन निर्माणको लागि महासंघको तर्फबाट २ लाख १ हजार १११ रुपौयाको चेक मदिरा व्यवसायी समिति, कास्कीका अध्यक्ष कृष्णबहादुर भाटलाई हस्तान्तरण गरे । अन्य जिल्ला शाखा र सदस्यहरुले पनि भवन निर्माणमा सहयोग गर्न उनले आग्रह गरे ।

शिलान्यस कर्याक्रममा महासंघका सचिव यमबहादुर गुरुङले पनि भवन निर्माणमा २५ हजार ९ सय ५० रुपैया बराबरको चेक भाटलाई हस्तान्तरण गरका थिए ।
मदिरा व्यवसायी समिति, कास्कीका अध्यक्ष भाटले सबैको साझा प्रयास र सपना पूरा हुने दिशातर्फ एउटा महत्वपूर्ण कदम भएको बताए । भवन निर्माणको शिलान्यास हुनु केवल एउटा निर्माण कार्य मात्र होइन, यो कास्कीका सम्पूर्ण मदिरा व्यवसायीहरूको एकता, विश्वास र भविष्यको प्रतीक पनि, भाटले भने ।
यो भवन बैठक, छलफल, योजना निर्माण र व्यवसायीहरूको साझा घर बन्नेछ भन्ने विश्वास लिएको छु । जग्गा खरिददेखी शिलान्यासँसम्म ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण अग्रज, सल्लाहकार, सदस्य तथा सहयोगीहातहरू प्रति अध्यक्ष भाटले आभार व्यक्त गदैँ भवन निर्माण कार्यलाई सफल बनाउन सबै व्यवसायीको सहयोग, साथ र एकता आवश्यक रहेको छ ।
शिलान्यास कार्यक्रममा समितिका पूर्व अध्यक्ष एवं महासंघका सल्लाहकार तारानाथ ढुङ्गाना, महासंघका महासचिव गोबिन्द बराल र सचिव यमबहादुर गुरुङ, मदिरा व्यवसायी समिति गण्डकीका अध्यक्ष गोबिन्द बहादुर केसी, समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।




