newa srijana

पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने

पोखरा । यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ ।

प्रतियोगिता विशेषगरी डर्ट बाइक (अफ–रोड मोटरसाइकल) प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा गरिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने र अहिलेसम्म ६१ जना राइडरहरू दर्ता भइसकेका सोमबार आयोजित पत्रकार सम्मेलनमा च्याम्पियससिपका रेस डाइरेक्टर तथा एड्भेन्चर स्पोर्टस् हब नेपालका डिरेक्टर जगत धोलीले जानकारी दिए । उनका अनुसार हालसम्म करिब ९० प्रतिशत तयारी सकिएको र प्रतियोगिताको अभ्यास तथा ट्रयाक परीक्षणका लागि चैत २ गतेदेखि नै खेलाडीहरूका लागि ट्रयाक खुला गरिएको छ । अहिले उक्त ट्रयाकमा राइडरहरुले दिनहु अभ्यास गरिरहेका आयोजकले जनाएको छ ।

मध्यपूर्व द्वन्द्वले गर्दा अन्य देशका खेलाडी आउन कठिनाई र प्रतिकुल परिस्थितिका कारण अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागि संख्यामा भने कमी आएको स्वीर्काछन् स्थानीय आयोजक समेत रहेका नील गगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेल । प्रेस विज्ञप्ती बाचन गर्दै पौडेलले प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको र यस प्रकारको खेलले नेपालमा एड्भेन्चर स्पोर्टस्को विकास, खेलकुदको प्रवद्र्धन तथा स्पोर्टस् टुरिजमलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

सिटीजन फनिच्रर

पत्रकार सम्मेलनमा च्याम्पियनसिपको ट्रफि समेत सार्वजनिक गरिएको छ । नासा गण्डकीका अध्यक्ष सिव श्रेष्ठेले ट्रफि सार्वजनिक गरे ।

प्रतियोगिता ४.८ किलोमिटर लामो विशेष ट्रयाकमा पुरुष र महिला दुवै विधामा खेल खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख खर्च हुने अनुमान गरिएको छभने मुख्य प्रायोजकमा एक्सट्रीम इनर्जी ड्रिंक रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार दोस्रो पुरस्कार १ लाख र तेस्रो पुरस्कार ५० हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।

विशेषगरी पोखरालाई एड्भेन्चर स्पोर्टस् र खेल पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा आयोजकले गरेको छ ।

अनिल multipurpose