पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्नपूर्णको वडा नम्बर ४ सल्यानमा भएको स्वास्थ्य शिविरमा पाच सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
तमु समाजको भवनमा नेपाली सेना श्री कृष्ण दल गण फुलबारी ब्यारेक पोखरा को नेतृत्वमा चिकित्सकसहित सञ्चालित बृहत स्वास्थ्य शिविरमा स्थानीय नागरिकहरुले सेवा लिएका थिए ।

सैनिक अस्पताल, पोखरा अन्नपूर्ण गाउँपालिका एक सर्भिस म्यान आविष्कार हस्पिटल, हिमालयन आकाश हस्पिटल, कुटी रिसोर्ट लगायतका संस्थाहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ। स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कान्ती प्रभा गिरी, डा सुदर्शन सुवेदी, डा रमेश शर्मा, डा संजय कोइराला, डा नर्मन लामिछाने, डा कृष्ण बोगटी, डा राम अधिकारी, डा किशोर भण्डारी, डा कृष्ण सिग्देल, डा सन्दीपा काफ्ले, डा संचित ढकाल, डा शर्मिला शाही र दिपेश मल्ल लगायतको स्वास्थ्यकर्मीले शिविरमा सहभागी नागरिकको स्वास्थ्य परिक्षण गरेका थिए ।
उक्त शिविरमा स्त्री तथा प्रसुति रोग, वरिष्ठ फिजिसियन, छाला तथा यौन रोग, नाक कान घाँटी सम्बन्धी समस्या, पेट छाती तथा मुटु रोग, दाँत सम्बन्धी समस्या ,आँखा सम्बन्धी समस्या, प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको थियो।




