newa srijana

माछापुछ्रे गाउँपालिकामा निःशुल्क आँखा शिविर शुरु

पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । माछापुच्छ«े गाउँपालकिा, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा पालिकामा शिविर सञ्चालन भएको हो ।

हिमालय आँखा हस्पीटल र आई केयर फाउण्डेशनको सहयोगमा भएको उक्त शिविर माछापुच्छ«े गाउँपालिकाका सबै वडामा सञ्चालन हुने छ । बुधबार माछापुच्छ«े गाउँपालिकाको वडा नं. २ स्थित सार्दीखोला स्वास्थ्य चौकीबाट शुरु भएको यो शिविर पालिका सवै वडामा सञ्चालन हुनेछ ।जस अन्तर्गत ३ गते वडा नं. १ को माछापुच्छ«े स्वास्थ्य चौकी, ४ गते घाचोक स्वास्थ्य चौकी, ६ गते वडा नं. ५ को रिभान स्वास्थ्य चौकी, ७ गते वडा नं. ९ को सिधिई सामुदायिक स्वास्थ्य इकाई, ८ गते वडा नं. ८ को आधारभूत स्वास्थ्य चौकी, ९ गते वडा नं.६ को मणिडाँडा सामुदायिक स्वास्थ्य इकाई, १० गते वडा नं. ७ को धम्पुस सामुदायिक स्वास्थ्य इकाई र ११ गते वडा नं. ४ लाहाचोक स्वास्थ्य चौकीमा विहान १० वजे देखि वेलुका ४ः३० वजे सम्म शिविर सञ्चालन हुने छ ।

सार्दिखोलामा बुधबार भएका शिविरमा २ सय २० जनाले आँखा परिक्षण गरेका थिए । जसमध्ये ५१ जनालाई मोतियाबिन्दु देखिएको छ । ती मध्ये १८ जनाको तत्काल मोतियाबिन्दुको सल्यक्रिया गर्नुपर्ने देखिएको सार्दीखोला स्वास्थ्य चौकीकी प्रमुख अनिता घिमिरेले जानकारी दिईन् । आँखा परिक्षण गरेका मध्ये ३१ जनालाई अन्य समस्या देखिएकाले हिमालय आँखा अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

शिविरमा आँख परिक्षण गर्न आउने विरामीका लागि निशुल्क औषधिको व्यवस्था प्रतिष्ठानले गरेको छ भने मोतियाबिन्दुको सल्यक्रिया निशुल्क रुपमा अस्पतालमा नै हिमालय आँख अस्पतालले गर्ने भएको छ । विरामीलाई अस्पताल सम्म जाने आउने वसको व्यवस्था पालिकाले गर्ने भएको छ । पालिकाका सबै वडामा शिविर सम्पन्न गरेपछि सल्यक्रिया गर्नु पर्ने विरामीलाई असप्तालमा नै लगेर सल्यक्रिया गरिने व्यवस्था गरिएको गरिएको श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदीले जानकारी दिए ।उक्त शिविरमा हिमालय आँखा अस्पतालका दृष्टि विशेषज्ञ समिक्षा श्रेष्ठ, शैलेश्वरी ओझा, निकिता महर, कृतिका पण्डितका टोलीले आँखा जाँच गरेका थिए ।

सिटीजन फनिच्रर

यसअघि कार्यक्रमको उद्घाटन गर्दै माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले पालिका दुरदराजका नागरिको स्वास्थ्य र शिक्षामा पहुँच पु¥याउनका लागि पालिकाले विभिन्न संघ संस्था सँग सहकार्य गरेका यस्ता खालका कार्यक्रम गर्दै आएको बताए ।

‘पालिका भित्र सवै नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउनका लागि पालिकाले कार्यक्रमहरु ल्याउने गरेको छ त्यसैको उदहारण यो प्रतिष्ठान सँग हामीले सहकार्य गरेका हौ’ अध्यक्ष गुरुङले भने,‘पालिकामा एक चोटी सवै वडामा आँख शिविर सञ्चालन गर्ने प्रतिष्ठान प्रति हामि पालिकाको तर्फबाट आभार प्रकट गर्दछौं ।’ सबै वडामा शिविर सञ्चालन हुने भएकोले आफ्नो पायक पर्ने ठाउँबाट लाभ लिन पालिकाका सबै नागरिकलाई उनले आग्रह गरे।

श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदीले विगत ४ वर्ष देखि दुर्गम क्षेत्रमा नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउनका लागि आँखा शिविर सगै विभिन्न खालका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए ।

‘स्व.वुवा र आमाको नाम प्रतिष्ठान स्थापन भएदेखि नै दुर्गम भेगमा रहेका नागरिकलाई लक्षित गरेर विभिन्न खालको स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौ’ उनले भने, ‘शिविरबाट बढि भन्दा बढि यहाँका नगारिकले लाभ लिन म आग्रह गर्दछु ।’ प्रतिष्ठानले महिला समाजसेवी, शिक्षा क्षेत्रमा काम गरेका व्यक्ति तथा गरिव विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ«े गाउँपालिका स्वास्थ्य शाखाका संयोजक डिल्लिराम दाहाल, हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक शुभाष नेपाल सार्दिखोला स्वास्थ्य चौकीकी प्रमुख अनिता घिमिरेलगायतले बोलेका थिए ।

अनिल multipurpose