newa srijana

गण्डकी प्रदेश स्तरीय खुल्ला टेबल टेनिस प्रतियोगितामा समिर र सेजल च्याम्पियन

पोखरा । गण्डकी प्रदेश टेबल टेनिस संघको आयोजनामा सम्पन्न गण्डकी प्रदेश स्तरीय खुल्ला टेबल टेनिस प्रतियोगिता २०८३ मा पुरुष एकलतर्फ समिर खत्री र महिला एकलतर्फ सेजल बानियाँले उपाधि हासिल गरेका छन्।

सिटीजन फनिच्रर

वैशाख ३ र ४ गते आयोजित उक्त प्रतियोगितामा पुरुष एकलमा समिर खत्रीले प्रथम स्थान हासिल गरेका छन् भने सुगम पौडेलले द्वितीय तथा देव भुजेल र विदुर वाग्लेले संयुक्त रूपमा तृतीय स्थान प्राप्त गरे। महिला एकलमा सेजल बानियाँले प्रथम स्थान हासिल गरेकी छिन् भने सृष्टी पोखरेलले द्वितीय र राजश्री अधिकारीले तृतीय स्थान हासिल गरिन्।

गण्डकी प्रदेश टेबल टेनिस संघले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस खेलको विकास र प्रवर्द्धन हुने अपेक्षा राखेको छ।

हेम्जा आलु महोत्सव
अनिल multipurpose