newa srijana

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो स्थापना दिवस

पोखरा । सामाजिक सेवा नै समाज रुपान्तरणको मुल आधार हो भन्ने मुल नाराका साथ स्थापना भएको पूर्व राष्ट्रसेवक तथा नागरिक संघले बुधबार आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ ।

संघका केन्द्रीय अध्यक्ष चेत बहादुर रावल (प्रविन) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी एवं संस्थाका संरक्षक शिवप्रसाद न्यौपानेले सेवाका भावले गरिने जुन सुकै कामले पनि समाजमा सकरात्मक शन्देश र प्रतक्ष्य रुपमा पिडित तथा दिन दुखी लाभाम्वत हुनु पर्नेमा जोड दिएका थिए ।

साथै उनले जसरी लायन्स,रेडक्रस,रोटरी लगाएत अन्य सामाजिक संघ सस्थाले सरकारी निकायलाई सहयोग पुग्ने गरि काम गर्छन त्यसै गरि पुर्व राष्ट्रसेवक तथा नागरिक संघले पनि मानव हितका क्षेत्रमा काम गर्दै जानु पर्ने विचार राखे ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

सोही अवसरमा सल्लाहकार समिति संयोजक सोमलाल कँडेलले सस्थाले आफु भन्दा कम भाग्वानीलाई सहयोग गर्नु नै मानव कल्याणको काम भएकाले हामी मानिस भएर जन्मिए पछि बोलीमा मात्र होईन काम र ब्यवहारमा पनि सेवाको भावना सृजित हुनु पर्ने सुझाव राखेका थिए ।

बिबिध सास्कृतीक कार्यक्रम र संघमा आवद्ध आजिवन सदस्यहरुलाई सन्मान गरिएको कार्यक्रमको संचालन सचिव सुन्दर शर्मा पौडेलले गरेका थिए भने कार्यक्रममा पत्रकार भिमपाणी बराल,स्याङ्जा जिल्ला कार्यसमितिका अध्यक्ष लक्ष्मी थापा मगर, चक्रदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद ताम्राकार, आजीवन सदस्यहरुको तर्फबाट गोविन्द गौली, शिशुवा नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, गार्डेन सिटि आमा समूहको तर्फबाट पार्वती थापा र आजिवन सदस्य सावित्री अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।

सस्थाले राष्ट्रको सेवा गरि अवकाश प्राप्त पुर्व अवकाश प्राप्त पुर्व राष्ट्रसेवकको अनुभव ,अनुशासन,त्याग र राष्ट्रप्रेम तथा सचेत नागरिकको सक्रिय सहभागिताबाट सामाजिक रुपान्तरण ,मानव सेवा,सुशासन प्रवद्र्धन तथा भावी पुस्ताको उज्यालो भविश्य निर्माण गर्ने उदेस्य राखेको छ ।

Rabin photo