पोखरा । नेपाली फेसन क्षेत्रमा नयाँपन र शैलीगत परिवर्तन ल्याउने लक्ष्यसहित सन् २०१५ मा स्थापना भएको लाइभ भिन्टेज डेनिम (LVD) ले राजधानी बाहिर आफ्नो पहिलो शाखा पोखरामा विस्तार गरेको छ । यसअघि काठमाडौंमा १० वटा शाखा सञ्चालन गरिरहेको कम्पनीले अब पोखराको चिप्लेढुंगामा ११ औं शाखा सुरु गरेको हो ।
नयाँ शाखाको उद्घाटन पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी हुन।


नेपाली ब्रान्डका उच्च गुणस्तरीय, स्टाइलिश र किफायती कपडाहरू उपलब्ध गराउँदै आएको एलभीडीले विशेषगरी पुरुष लक्षित उत्पादनहरू बजारमा ल्याउँदै आएको छ । पोखरा शाखाका सञ्चालक सुनिल बहादुर भट्टराईका अनुसार युवापुस्तालाई लक्षित गर्दै ज्याकेट, जिन्स पाइन्ट, टी–सर्ट, ब्याग, मोजा लगायतका सामग्रीहरू उपलब्ध गराइएको छ ।
उनले नेपाली डिजाइनमा आधारित भई चीनमा उत्पादन हुने यी सामग्रीहरू ग्राहकहरू माझ लोकप्रिय बन्दै गएको बताए । पोखरा शाखामा उपलब्ध कपडाहरूको मूल्य करिब २ हजारदेखि १८ हजार रुपैयाँसम्म रहेको छ ।
उद्घाटनको अवसरमा कम्पनीले एक हप्तासम्म १० देखि २० प्रतिशतसम्म विशेष छुटको व्यवस्था समेत गरेको जनाएको छ ।




