newa srijana

महिला सीप विकास जागरण समाजद्वारा १५ दिने प्लास्टिक वैकल्पिक तालिम सुरु

पोखरा । महिला सीप विकास जागरण समाजले सामाजिक विकास मन्त्रालयको सहयोगमा १५ दिने “प्लास्टिकका वैकल्पिक सामग्री उत्पादन तालिम कार्यक्रम” को उद्घाटन गरेको छ। तालिममा २५ जना महिलाको सहभागिता रहेको छ।

संस्थाकी अध्यक्ष अनिता ठाकुरीले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन्। उनले महिलाको सीप विकासले परिवार र समाज दुवैको विकासमा योगदान पुग्ने धारणा व्यक्त गरिन्।

World link net

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य उद्धव थापाले महिला सीप विकासका कार्यक्रमहरू समाज रूपान्तरणका महत्वपूर्ण आधार भएको बताउँदै आगामी दिनमा पनि संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

विशेष अतिथि सामाजिक विकास शाखा ललितपुरकी महिला विकास अधिकृत चन्दा व्यञ्जनकारले महिलाहरूलाई आयआर्जनमुखी तालिमसँग जोड्नु आजको आवश्यकता भएको बताइन्। नगर कार्यपालिका सदस्य मैयाँ लक्ष्मी महर्जनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन्।

तालिमले महिलाहरूलाई वातावरणमैत्री सामग्री उत्पादनतर्फ प्रेरित गर्दै स्वरोजगार सिर्जना र दिगो विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिटीजन फनिच्रर