newa srijana

१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप खड्कालाई वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड

पोखरा । दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा लनटेनिसका प्रदीप खड्काले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा खड्कालाई वर्ष खेलाडी महिलाको अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्डसँगै खड्कााले हिरोहोन्डाको जुम स्कुटर प्राप्त गरेका छिन् । उक्त विधाको मनोनयनमा खड्कासँगै जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह रहेका थिए ।

अवार्ड विजेता खड्कालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, मञ्चका अध्यक्ष एमबी आस्थामगरलगायतले अवार्ड, स्कुटर र प्रमाणपत्र प्रदान गरेका थिए ।

२०५४ सालमा पोखरामा जन्मिएका प्रदीप, नेपालको टेनिस जगतमा एक सफल र टप र्याङ्किङ खेलाडीको रूपमा परिचित छन् । निकै कम उमेरदेखि नै र्याकेट समातेका उनी आज नेपाली टेनिसको सबैभन्दा भरपर्दा खेलाडी बनेका छन् ।

World link net

२०६५ सालदेखि व्यवसायीक खेल खेल्न सुरु गरेका उनको करियरको ग्राफ उकालो लागिरहेको छ । १२ औं सिटिजन्स बैंक ओपन टेनिस, ३ औं वीर गणेशमान सिंह राष्ट्रिय टेनिस जस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा उनले पुरुष एकलको उपाधि जितेर आफ्नो सर्वोच्चता पुष्टि गरेका छन् ।

अन्तर्राष्ट्रिय मञ्चमा पनि उनको प्रदर्शन उत्कृष्ट छ । २०२२ को हाङझाउ एशियन गेम्समा उनले इतिहास नै रचेका थिए । साथै, डेभिस कपमा नेपालको प्रतिनिधित्व गर्दै उनले ऐतिहासिक जितहरू हात पारिसकेका छन् ।

कोच निराज थापा र लि विलियम्सको मार्गदर्शन नै उनको अदम्य साहस बनेको छ । मलेसियामा आयोजित डेभिस कप ग्रुप फोरमा नेपालको प्रतिनिधित्व गर्दा, प्रदीपले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सटिक खेल र दृढताको छाप छाडिसकेका छन् ।

२०८२ साल प्रदीपका लागि उपलब्धिहरूको एउटा सुनौलो वर्ष सावित भयो । उनको ¥याकेटले केवल बललाई मात्र प्रहार गरेन, सफलताका नयाँ रेकर्डहरू पनि बनायो । तेस्रो सिओएस खुला टेनिस प्रतियोगितामा प्रदीपले पुरुष सिंगल र डबल दुवैमा ‘स्वर्ण पदक’ चुम्दै आफ्नो वर्चस्व कायम गरे । त्यस्तै, होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपनमा पनि सिंगलतर्फको स्वर्ण पदक उनकै पोल्टामा रह्यो ।

यस्तै २२ औं माछापुच्छ्रे बैंक खुला टेनिसमा उनले पुरुष डबलमा स्वर्ण र सिंगलमा रजत पदक जितेर आफ्नो लयलाई कायम राखे । उनको यो कौशल नेपालमा मात्र सीमित रहेन, छिमेकी देश भारतको दार्जिलिङ जिमखाना खुला टेनिसमा पनि उनले डबलतर्फ स्वर्ण र सिंगलमा उपविजेता बन्दै सिमाना पारिसमेत नेपाली झण्डा फहराए । यी मात्र होइन प्रदीपले १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालका लागि कास्य पदक र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतिष्ठित च्याम्पियनसिपमा दर्जनौ पदक हात परिसकेका छन् ।

सिटीजन फनिच्रर