newa srijana

बिद्युतीय स्कुटर एम्पीयर पोखरामा

पोखरा । छिमेकी देश भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर एम्पीयर नेपालमा भित्रीएको दुई महिना पश्चात पर्यटकीय शहर पोखरामा भित्रीएको छ ।

भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव संगालेको ग्रीभ्स ईलेक्ट्रिक मोबिलिटीद्धारा उत्पादन गरिएको एम्पीयर ब्राण्डको स्कुटरको नेपाल वजारको बिक्रि वितरणका लागि एसटीसी गु्रप अन्तरगतको एसटीसि अटो सोलुसन प्रा लिले लिएको छ भने पोखराको विक्रि वितरणको जिम्मा बि एन बी टे«ड प्रा लि ले लिएको हो ।

यसैविच बुद्धचोकमा रहेको नयाँ व्राण्ड एम्पीयर स्कुटर स्वरुमको विहिवार पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीेले शुभारम्भ गर्दै अन्तराष्ट्रिय बजारमा बढ्दो विद्युतीय साधानको मागलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय साधानको प्रयोग गर्न सकिने बताए ।

साथै उनले स्वदेशमा उत्पादन हुने विद्युतको प्रयोगलाई वढाउदै जाने र आयत गरिने पेट्रोलिय पदार्थको घटाउदै जान सकियो भने विस्तारै नेपालको अर्थतन्त्र वलियो हुने विश्वास दिलाएका थिए ।

World link net

पोखरा बजारका लागि विक्रि वितरणको जिम्मा पाएको बि एन बी टे«ड प्रा लि का अध्यक्ष बैकुण्ठ बरालको अध्यक्षतामा भएको कार्यक्रममा एसटीसि अटो सोलुसन प्रा लिका कार्यकारी निर्देशक राजपाल चड्डा,मार्केटीङ प्रमुख रवी शाही र बि एन बी टे«ड प्रा लि पोखराका निर्देशक दिपेन्द्र भण्डारी लगाएतले नेपालको भौगोलिक अवस्था सुहाउदो स्कुटरले नेपाल र नेपालीको मन जित्न सक्ने विश्वास दिलाएका थिए ।

यस स्कुटरमा ३ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ । जसको फुलचार्ज गरेको स्कुटरले १३६ किलोमिटरसम्मको दुरी पार गर्न सकिन्छ । घरमै ३ घण्टा ३० मिनेटको समयमा चार्ज गर्न सकिने भएकोले पनि चार्जीङमा कुनै समस्या नआउने कम्पनीको दावी रहेको छ ।

स्कुटर खरिद गरेको पाँच वर्ष वा ७५ हजार किलोमिटर सम्म वारेण्टी र मोटर,कन्र्भटर र चार्जरको हकमा भने तीन वर्ष वा ३०हजार किलोमिटरको वारेण्टी रहेको वताईएको छ ।

विभिन्न पाँच वटा मोडल रहेपनि बिशेष गरि नेपाली बजारका लागि एम्पीयर नेक्ससको विक्रि मुल्य तीन लाख ३५ हजार र एम्पीयर म्याग्नासको विक्रि मुल्य तीन लाख १० हजार रहेको वताईएको छ । साथै उद्घाटनको केही समय विशेष छुटको ब्यवस्था समेत गरिएको छ।

सिटीजन फनिच्रर