newa srijana

जिएमसीमा बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने सेवा सुरु

पोखरा । गण्डकी मेडिकल कलेज मा बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ (ईन्डोस्कोपिक रेट्रोग्रेड कोलाञ्जियोप्यान्क्रियाटोग्राफी) सेवा सुरु गरिएको छ । पेट तथा कलेजो रोग विशेषज्ञ  डा • शंकर बराल को नेतृत्वमा सेवा सञ्चालनमा ल्याइएको हो ।

जिएमसीका अनुसार यो प्रविधिबाट पेट नचिरिकन मुखमार्फत ड्युडेनोस्कोपी प्रयोग गरी पित्त नली र प्यानक्रियाज नलीसम्बन्धी समस्या उपचार गर्न सकिनेछ । इआरसीपी सेवाबाट जन्डिस, पित्त नली तथा प्यानक्रियाज क्यान्सर र पित्त नली साँघुरिने समस्याका बिरामीले सहज उपचार पाउने डा. बरालले बताए ।

उनका अनुसार यस प्रविधिले परम्परागत ठूलो शल्यक्रियाको आवश्यकता कम गर्नुका साथै बिरामीलाई कम पीडा र छिटो स्वास्थ्यलाभमा सहयोग पुग्नेछ ।

World link net

इआरसीपीसँगै जिएमसीको ग्यास्ट्रो विभागले एपिसी (APC), इसोफेजियल कार्सिनोमाका बिरामीका लागि मेटालिक स्टेन्टिङ, बेलुन डाइलेटेसन, पेग ट्युब प्लेसमेन्ट, पोलिपेक्टोमी तथा भेरिसेसका लागि ग्लु इन्जेक्सन सेवा पनि सुरु गरेको जनाएको छ ।

जिएमसीका प्रमुख कार्यकारी अधिकृत रविन्द्र श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट टुमाया घले ले नयाँ सेवाबाट गण्डकी प्रदेशका पेट, आन्द्रा, प्यानक्रियाज तथा कलेजोसम्बन्धी बिरामीले प्रदेशमै आधुनिक उपचार सुविधा पाउने बताए ।

उनीहरूका अनुसार इआरसीपीलगायतका सेवा सरकारको स्वास्थ्य बीमा कार्यक्रम तथा भारतीय पेन्सनरअन्तर्गत ईसीएचएस सेवामार्फत पनि उपलब्ध हुनेछ ।

सिटीजन फनिच्रर