newa srijana

शनिबार ज्येष्ठ नागरिकका लागि ‘वाकिङ फुटबल’ प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै शनिबार ‘वाकिङ फुटबल’ मैत्रीपूर्ण प्रतियोगिता आयोजना हुने भएको छ । “स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा” भन्ने उद्देश्यसहित हुने प्रतियोगितामा ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

वडा कार्यालयको प्रवर्द्धनमा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समितिले आयोजना गर्न लागेको प्रतियोगिता बिहान ७ बजेदेखि वाराही माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ । “हिँड्दै खेलौं, मिलेर खेलौं, रमाएर बाँचौं” भन्ने मूल नारासहित आयोजना हुने खेलमा उच्च गतिमा दौडन र कडा ट्याकल गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

World link net

सानो मैदान र सीमित खेलाडीमार्फत सबैको सहभागिता सुनिश्चित गरिने आयोजकले जनाएको छ । खेलको मुख्य उद्देश्य प्रतिस्पर्धाभन्दा स्वास्थ्य, मित्रता र सामाजिक मेलमिलाप प्रवर्द्धन गर्नु रहेको प्रा.डा. सरोज कोइराला ले बताए ।

प्रतियोगितामा २०१३ साल वा सोभन्दा अगाडि जन्मिएका तथा पोखरा–५ मा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने ज्येष्ठ नागरिक सहभागी हुन सक्नेछन् । प्रथम, द्वितीयसहित विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रचारप्रसार समितिका संयोजक बसन्तराज गौतम ले कार्यक्रमले ज्येष्ठ नागरिकलाई सुरक्षित रूपमा खेलकुदमा सक्रिय राख्नुका साथै पुराना साथीभाइसँग पुनर्मिलनको अवसर प्रदान गर्ने बताए ।

सिटीजन फनिच्रर