पोखरा । पोखरा विश्वविद्यालयअन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेठ २९ गतेदेखि असार ५ गतेसम्म लेखनाथस्थित भण्डारढिक खेल मैदानमा ‘पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३’ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।
क्लबका अध्यक्ष बिमान प्रधानका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख १५ हजार तथा उपविजेता टोलीले नगद रु. ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नेपालभरका स्नातक तथा स्नातकोत्तर तहका कलेजहरूबीच खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढ गर्दै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
आयोजकका अनुसार प्रतियोगिताका लागि आवेदन फारम बुझाउने अन्तिम मिति जेठ २७ गते तोकिएको छ भने टाइ–सिट ड्र जेठ २८ गते गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा अन्य विधाका उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।




