newa srijana

क्रिकेटमा दक्ष जनशक्ति उत्पादनका लागि पोखरामा दुईदिने ‘ओ’ लेबल तालिम सम्पन्न

पोखरा। पोखरा क्रिकेट एकेडेमीको आयोजना, किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ तथा अम्पायरिङसम्बन्धी दुईदिने ‘ओ’ लेबल तालिम सम्पन्न भएको छ।

तालिममा सञ्जयकान्त सिग्देल र भोज बरालले अम्पायरिङ, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङ तथा आशिष बरालले स्कोरिङसम्बन्धी प्रशिक्षण दिएका थिए। तालिममा कास्की, पर्वत, स्याङ्जा र तनहुँ जिल्लाका विभिन्न विद्यालयका शिक्षक, पूर्व खेलाडी तथा क्रिकेटप्रेमी गरी ३६ जनाको सहभागिता रहेको थियो।

सिटीजन फनिच्रर

तालिम समापन कार्यक्रममा गिरासा प्रतिनिधि बसन्त पराजुली, सञ्जय आत्रेयलगायतले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

Mountain run pokhara click

कास्कीसँगै गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा क्रिकेट गतिविधि विस्तार हुँदै गए पनि प्राविधिक जनशक्तिको अभावका कारण प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा चुनौती देखिएकाले तालिम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बबिन कुँवरले जानकारी दिए।

उनका अनुसार यस तालिमले पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आगामी शनिबारदेखि पोखरामा सुरु हुने अन्तरविद्यालय छात्र–छात्रा क्रिकेट प्रतियोगिता सञ्चालनमा आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Rabin photo