newa srijana

अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी प्रथम

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम स्थान हासिल गरेको छ।

फिस्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सीले प्रथम स्थान हासिल गरेको हो। यसअघि सेमिफाइनलमा ग्यालेक्सीले आयोजक पिसिएमलाई ३–२ गोलले तथा फिस्टेल एकेडेमीले शितलादेवीलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।

सिटीजन फनिच्रर

विजेता तथा उपविजेता टोलीहरूले नगदसहित मेडल पुरस्कार प्राप्त गरेका छन्। पोखरा कलेज अफ म्यानेजमेन्टका प्राचार्य लीना नेगी श्रेष्ठले विजयी खेलाडीहरूलाई एक समारोहका बीच पुरस्कृत गर्नुभयो।

Mountain run pokhara click

यसअघि कलेजले प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि फुटबल, बास्केटबललगायतका प्रतियोगिताहरू सम्पन्न गरेको थियो।

Rabin photo