newa srijana

पोखराको मालेपाटनमा निट्कोको नयाँ शोरुम सञ्चालन

पोखरा ।  पोखरा महानगरपालिका–५, मालेपाटनमा निट्कोको नयाँ शोरुम सञ्चालनमा आएको छ।

पोखरामा एक दशकभन्दा बढी समयदेखि निर्माण सामग्रीको व्यवसाय गर्दै आएको ओम लक्ष्मी ट्रेड्सले भारतीय टायल तथा मार्बल ब्रान्ड निट्कोको आधिकारिक शोरुम सञ्चालनमा ल्याएको हो।

युवा व्यवसायी मनोज अधिकारी, एकनारायण सुवेदी र डिल्लीराम पौडेलको पहलमा निट्कोका उत्पादन पोखरा भित्रिएका हुन्। शोरुमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्रकुमार ठाकुरले संयुक्त रूपमा गरे।

Mountain run pokhara click

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निट्कोका उत्पादन गुणस्तरीय तथा भरपर्दो रहेको बताए। उनले पोखरामा मनोज अधिकारीसहितको समूहसँग सहकार्य गर्दै निट्कोले व्यवसाय विस्तार गरेकोमा खुसी व्यक्त गरे। सही साझेदार छनोट गरेर कम्पनीले बजार विस्तार गरेको उनको भनाइ थियो।

सिटीजन फनिच्रर

निट्को कम्पनीका महाप्रबन्धक ठाकुरले कम्पनीले विगत ७० वर्षदेखि गुणस्तरीय टायल तथा मार्बलको उत्पादन र बिक्री–वितरण गर्दै आएको बताए। नेपालमा हाल काठमाडौं र पोखरामा गरी दुईवटा बिक्री केन्द्र सञ्चालनमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गरिने जानकारी दिए।

भारतका पुराना तथा प्रतिष्ठित कम्पनीमध्ये एक निट्कोका ३८० भन्दा बढी बिक्री केन्द्र रहेको उनले बताए। नेपालमा काठमाडौंपछि पोखरामा शोरुम सञ्चालनमा ल्याइएको उनको भनाइ थियो। गुणस्तरीय टायल तथा मार्बल उत्पादन गर्ने कम्पनीका रूपमा निट्को परिचित रहेको समेत उनले बताए।

कार्यक्रममा निट्को टायल कम्पनीका एरिया म्यानेजर उत्तम रिमाल, पोखरा हार्डवेयर एसोसिएसनका सल्लाहकार तथा पूर्वअध्यक्ष रामचन्द्र थापा, ओम लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक एकनारायण सुवेदी, डिल्लीराम पौडेललगायतले गुणस्तरीय निर्माण सामग्री नेपाली बजारमा उपलब्ध हुनु सकारात्मक पक्ष भएको बताए।

पोखरा–बागलुङ राजमार्गअन्तर्गत जिरो किलोमिटर नजिक सञ्चालनमा आएको शोरुम स्थापनाका लागि करिब चार करोड ५० लाख रुपैयाँ लगानी गरिएको सञ्चालक मनोज अधिकारीले जानकारी दिए। उनका अनुसार समूहले विगत ११ वर्षदेखि ओम लक्ष्मी ट्रेडिङमार्फत विभिन्न निर्माण सामग्रीको बिक्री–वितरण गर्दै आएको छ।

नयाँ शोरुममार्फत ग्राहकलाई गुणस्तरीय टायल, मार्बल तथा अन्य निर्माण सामग्री सहज, विश्वसनीय र प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइने अधिकारीले बताए। उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि तथा दीर्घकालीन विश्वासलाई संस्थाको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने उनले प्रतिबद्धता व्यक्त गरे।

Rabin photo