newa srijana

पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’को नयाँ शाखा विस्तार

पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी प्रालि’ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ।

सन् २००८ मा स्थापना भई शैक्षिक परामर्श क्षेत्रमा स्थापित पहिचान बनाउन सफल कन्सल्टेन्सीले एक विशेष समारोहका बीच पोखरा शाखाको औपचारिक शुभारम्भ गरेको हो।

शाखाको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, स्वतन्त्र शैक्षिक परामर्श एसोसिएसन (फेकोन) का केन्द्रीय अध्यक्ष उमेश कुश्वार र फेकोन गण्डकीका अध्यक्ष सुदन बस्नेतले संयुक्त रूपमा गरे।

Mountain run pokhara click

कार्यक्रमका वक्ताहरूले पोखरा तथा गण्डकी प्रदेशका विद्यार्थीका लागि नयाँ शाखा उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। उनीहरूले संस्थाको व्यावसायिक सफलताको कामना गर्दै पारदर्शी, गुणस्तरीय र विश्वसनीय शैक्षिक परामर्श आजको आवश्यकता रहेको बताए।

सिटीजन फनिच्रर

मिशन यूएसएका संस्थापक संजय घिमिरेले पोखरा शाखा संस्थाको चौथो शाखा रहेको जानकारी दिए। विद्यार्थीको बढ्दो माग र सेवाको विस्तारलाई मध्यनजर गर्दै पोखरामा शाखा सञ्चालनमा ल्याइएको उनले बताए। यसअघि संस्थाले झापामा दुई र काठमाडौंमा एक शाखा सञ्चालन गरिरहेको छ।

पोखरा शाखाका निर्देशक तथा संयोजक किरण बानियाँले अमेरिका लगायत विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी शाखा विस्तार गरिएको बताए। कार्यक्रममा शाखाका निर्देशक तथा व्यवस्थापक कर्णबहादुर विक र निर्देशक सावित्री केसीले गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यसहित पोखरामा सेवा सुरु गरिएको बताए।

डेढ दशकभन्दा बढी अनुभव बोकेको कन्सल्टेन्सीले अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, क्यानडा, युरोप, जापान तथा भारतलगायतका शैक्षिक गन्तव्यका लागि उच्च शिक्षा परामर्श, भिसा आवेदन तथा अन्तर्वार्ता तयारीसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

पोखरा शाखामार्फत विद्यार्थीले आईईएलटीएस, टोफेललगायत अन्तर्राष्ट्रिय भाषा परीक्षाको तयारी कक्षा तथा अनुभवी परामर्शदाताबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न सक्नेछन्।

पोखरा तथा आसपासका क्षेत्रका विद्यार्थीलाई आफ्नै सहरबाट अन्तर्राष्ट्रियस्तरको शैक्षिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ। विदेश अध्ययनका लागि आवश्यक सही, सुरक्षित र विश्वसनीय मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता समेत संस्थाले व्यक्त गरेको छ।

Rabin photo