newa srijana

अन्नपूर्णमा वडा सीमाना हेरफेरको बहस सुरु, सर्वदलीय छलफलबाट सहमतिमै अघि बढ्ने संकेत

अन्नपूर्णमा वडा सीमाना हेरफेरको बहस सुरु, सर्वदलीय छलफलबाट सहमतिमै अघि बढ्ने

पोखरा।

अन्नपूर्ण गाउँपालिकाले पालिका तथा वडा सीमाना हेरफेरको विषयमा सर्वदलीय छलफल सुरु गरेको छ । स्थानीय तहको संरचनालाई समयानुकूल र प्रभावकारी बनाउने उद्देश्यले आयोजित बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका थिए ।

सिटीजन फनिच्रर

बैठकमा पालिकाको संरचनागत वर्गीकरण, पुनरावलोकन तथा वडा सीमाना निर्धारणका विविध पक्षमा विस्तृत छलफल भएको थियो । सहभागीहरूले स्थानीय आवश्यकता, भौगोलिक विकटता तथा जनसंख्याको वितरणलाई आधार बनाएर सीमाना पुनःनिर्धारण गरिनुपर्ने धारणा राखेका छन् ।

उनीहरूले नागरिकले सहज रूपमा सेवा पाउने वातावरण सिर्जना हुने गरी वडा सीमाना तय गर्नुपर्नेमा जोड दिएका छन् । साथै, सीमाना हेरफेरजस्तो संवेदनशील विषयमा राजनीतिक सहमति, स्थानीय जनताको भावना र तथ्यगत आधारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सीमाना तथा संरचना पुनरावलोकनको सम्पूर्ण प्रक्रिया पारदर्शी र सहभागिता मूलक हुने बताए । उनले सरोकारवाला निकाय, राजनीतिक दल र स्थानीय समुदायसँग आवश्यक समन्वय तथा परामर्श गरेर प्रक्रिया अघि बढाइने स्पष्ट पारे ।

Pokhara learners