newa srijana

घुम्ती शिविरमा सेवासँगै जोडियो बाल्यकालको नाता

अन्नपूर्ण गाउँपालिका वडानं ९ बासीले शिविरमा सेवा लिन पुगे, सम्झना बोकेर फर्किए ।

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडानं ९ ले पोखराका बिभिन्न ठाउँमा  भाद्र ४ गतेदेखि सुरु भएको एकीकृत घुम्तीसेवा शिविर सञ्चालन गरेकाे छ ।

शिविर मार्फत हाल सम्म ४३ वटा मालपोतसम्बन्धी सेवा, ३४ वटा भत्ता नवीकरण सेवा तथा अन्य ३ वटा सेवा गरी विभिन्न सेवा नागरिकलाई प्रदान गरिएको वडा नं. ९ का अध्यक्ष रमेश गुरुङले बताए ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि नेपाली नागरिकताको प्रमाणपत्र, लाभ ग्राहीको सामाजिक सुरक्षा भत्ता परिचयपत्र तथा राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्नेछ । राष्ट्रिय परिचयपत्रमा आधारित बायोमेट्रिक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेकाले ९० वर्ष उमेर पूरा गरेका, पूर्ण अपांगता भएका तथा बालबालिका बाहेक अन्य सेवाग्राही स्वयं उपस्थित हुनुपर्ने त्यस्तै मालपोत कर संकलनका लागि जग्गाधनी प्रमाण पुर्जा, गत वर्षको तिरो तिरेको रसिद, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्पर्क नम्बर आवश्यक पर्ने गुरुङले जानकारी गरे ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

शिविरमा सेवा लिन आएका ज्येष्ठ नागरिकहरूका लागि भने सरकारी सेवा लिन पाउने अवसरसँगै बाल्यकालका साथी भाइसँग भेटघाट गर्ने संयोग समेत बनेको छ । लामो समयपछि भेट भएका साथीहरू पुराना दिन सम्झिँदै सुख–दुःखका कुरा साटासाट गरिरहेका देखिन्थे ।

विभिन्न कारणले गाउँघर छोडेर टाढा पुगेका उनीहरूले बाल्यकालका सम्झना, गाउँका पुराना दिन र जीवनका भोगाइहरू सुनाउँदा कसैको अनुहारमा खुसी झल्किन्थ्यो भने कतै विछोडको पीडा पनि देखिन्थ्यो ।

समयले सबैलाई आ–आफ्नो बाटोमा टाढा पुर्‍याए पनि बाल्यकालका आत्मीय सम्बन्ध, मित्रता र सम्झनाहरू भने कहिल्यै टाढा नहुँदा रहेछन् । एकीकृत घुम्ती सेवा शिविर नागरिकका लागि सरकारी सेवा सहज रूपमा प्राप्त गर्ने माध्यम मात्रै नभई वर्षौँदेखि छुटेका पुराना सम्बन्ध र सम्झनालाई पुनः जोड्ने अवसर समेत बनेको छ । एकीकृत घुम्ती सेवा शिविर पोखरा महानगरपालिका ५ प्रस्याङमा भाद्र ४ गते देखि ७ गतेसम्म सञ्चालन हुनेछ ।

Rabin photo