newa srijana

कास्कीमा विकास आयोजनाका समस्या समाधान गर्न समन्वय बैठक

निर्माणाधीन आयोजनामा देखिएका अवरोध हटाउन सम्बन्धित निकायबीच समन्वयमा जोड

पोखरा । जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन विकास आयोजनामा देखिएका समस्या र अवरोध समाधानका लागि बिहीबार विकास समन्वय बैठक गरेको छ। आयोजनाहरू समयमै सम्पन्न हुन नसक्दा सेवाग्राही प्रभावित भएको भन्दै बैठकमा सम्बन्धित सरकारी निकायबीच प्रभावकारी समन्वयमा जोड दिइएको छ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जिल्लामा सञ्चालित आयोजनाका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए। पोखरा र कास्की क्षेत्रमा विद्युत्, सडक र विमानस्थलसँग सम्बन्धित आयोजनामा देखिएका विवाद तथा समस्या तत्काल समाधान गर्न उनले आग्रह गरे।

सिटीजन फनिच्रर

राष्ट्र निर्माणको काम सामूहिक प्रयासबाट सम्भव हुने पौडेलले बताए।

जिल्ला समन्वय अधिकारी नवराज बरालले सरोकारवाला कार्यालयबीच प्रभावकारी समन्वय नभएको जनगुनासो आएपछि बैठक आयोजना गरिएको बताए। प्रक्रिया मिलाएर देखिएका समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो।

बैठकमा नागरिक उड्डयन प्राधिकरण पोखरा, अध्यागमन कार्यालय पोखरा विमानस्थल, नेपाल विद्युत् प्राधिकरण, पोखरा–भरतपुर विद्युत् प्रणाली सुदृढीकरण आयोजना, पोखरा महानगरपालिका र पोखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको जिसस कास्कीका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए।

Pokhara learners