newa srijana

विपद् प्रभावितका लागि पर्यटन व्यवसायी महिला संघ नेपालको सहयोग

तीज कार्यक्रम स्थगित गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ जम्मा

पोखरा । देशभर बाढीपहिरोबाट विपद्को अवस्था सिर्जना भएपछि पर्यटन व्यवसायी  महिला संघ नेपाल (टेवान) ले यस वर्ष हुने तीज कार्यक्रम स्थगित गरेको छ। कार्यक्रमका लागि छुट्याइएको १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि यो निर्णय गरिएको हो। पोखराको लेकसाइड बाराहीघाटमा हुने भनिएको सांस्कृतिक तीज महोत्सव तथा उद्यमी मेला २०८३ पनि स्थगित गरिएको छ।

टेवानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक
सिटीजन फनिच्रर

विपद्को बेला प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउनु सामाजिक दायित्व रहेको अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताइन्। तीज कार्यक्रमका लागि छुट्याइएको रकम बाढीपहिरोबाट प्रभावित व्यक्ति र समुदायको राहत तथा पुनःस्थापनामा प्रयोग हुने उनले बताइन्।

टेवानले महिला नेतृत्व सुदृढीकरण, पर्यटन उद्योगको विकास र संस्थागत सक्षमीकरणका गतिविधि निरन्तर सञ्चालन गर्दै आएको छ।

टेवानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको बैंक भौचर
Pokhara learners