newa srijana

कास्की–१(क) को सभापतिमा थापा निर्विरोध निर्वाचित

पार्टी एकता र संगठन मजबुत बनाउने उद्देश्यले एक कदम पछाडि हटेका थिए थापा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १(क) को सभापति पदमा नरेन्द्र थापा ‘नरेन’ निर्विरोध निर्वाचित भएका छन्।

पार्टीभित्रको आन्तरिक एकता र संगठन मजबुत बनाउने उद्देश्यले एक कदम पछाडि हटेको थापाले बताए। आफ्नो यो निर्णयलाई कमजोरी नभई पार्टीलाई एकढिक्का राख्न गरेको समर्पणका रूपमा लिइदिनुहुने विश्वास रहेको उनले बताए।

सिटीजन फनिच्रर

पोखरा–२६ का वडाध्यक्ष रहिसकेका थापाले वडा अध्यक्षको जिम्मेवारीमा गरेको काम आफ्नो इमानदारिताको प्रमाण भएको बताए। आफूले भनेको कुरा इमानदारिताका साथ पूरा गर्ने गरेको उनले बताए।

पार्टी सभापति गगन थापाको ‘कांग्रेस बदल्ने अभियान’मा सहभागी हुँदै संगठन र जनताको सेवामा अझ जुझारु भएर खट्ने प्रण गरेको थापाले उल्लेख गरे। जनताको भरोसालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

तपाईंहरूकै माया र अटल विश्वासका कारण निर्विरोध निर्वाचित भएको बताउँदै थापाले सम्पूर्ण नेतागण तथा क्षेत्रीय प्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गरे।

Rabin photo