पोखरा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. ३ बाट युवा क्लस्टरतर्फको महाधिवेशन प्रतिनिधि पदमा केन्द्रीय महाधिवेशन प्रतिनिधि ठाकुर बरालले उम्मेदवारी दिएका छन्।

३५ वर्ष उमेरका युवाले देश नेतृत्व गरिरहेको अवस्थामा पार्टीभित्र महाधिवेशन प्रतिनिधि बन्न कति वर्ष उमेर कुर्नुपर्ने हो भन्ने प्रश्न बरालले उठाएका छन्। केन्द्रमा गुट नभएको भन्दै खुसी हुँदा जिल्लामा अग्रजहरूले तोकेको सीमा के का लागि हो भन्ने जिज्ञासा पनि उनले राखेका छन्।
पार्टी सुध्रिने संकल्पका साथ आफूले युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएको बरालले बताए।




